५ वैशाख २०८१ बुधबार
समाज

पश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – देशका प्रमुख नदीहरुमा पानीको बहाव बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार सुदूर पश्चिमको कैलाली र कञ्चनपुरमा भारी वर्षा भइरहेको छ। कैलालीमा पछिल्लो २४ घण्टामा १५० मिलिमिलर वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि मध्य खालको वर्षाको सम्भावना रहेपनि आइतबार राति पश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

महाशाखाले आज बबई नदीमा पानीको वहाव सतर्कताको तह भन्दा माथी जान सक्ने अनुमान गरेको छ। पश्चिम राप्तिमा पानीको वहाव सतर्कताको तह नजिक पुग्न सक्ने बताउँदै महाशाखाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

यस्तै कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ्मा चुरेबाट बग्ने नदीहरुमा बाढीको सम्भावना गरहेको बताइएको छ। मछेली, मोहना, कान्द्रा, मानखोला लगायत नदी क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन महाशाखाको आग्रह छ। पहाडि क्षेत्रमा पनि मध्यदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: २० श्रावण २०७५ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App