७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुईका सभापति अर्जुन प्रसाद अर्यालले पंगेनीकाे पार्थिव शरिर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याजङ्जामा श्रद्धाञ्जलीका लागि राखिएकाे बताए। उनले चार बजे रामदीमा पंगेनीकाे अन्तिम संस्कार गरिने जानकारी दिए।

भीरकोट नगरपालिका–६ खिलुङ् देउराली आफ्नै घरमा सुतेको अवस्थामा स्वास्थ्यमा असहज महसुस भएको जानकारी गराएपछि उनका परिवारले कालिका सामुदायिक अस्पताल हेलुमा पु-याएका थिए।

तीन पटक नेपाली कांग्रेस जिल्ला सभापति हुन सफल पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। यसपटक प्रदेशसभा १ ‘क’ बाट उम्मेदवार बनेका पंगेनी नेकपाका उम्मेदवार दीपक थापा मगरसँग पराजित भएका थिए।

विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पंगेनी स्याङ्जाका लोकप्रिय नेता हुन्। उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। पंगेनीका पत्नी, एक छोरा र एक छोरी छन्। उनको ५५ वर्षको उमेरमा मृत्यु भएको हो।

प्रकाशित: २० श्रावण २०७५ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App