coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘जातीय दुर्व्यवहारकाे आरोप तथ्यहीन’

बर्लिन – जर्मनीका गोलकिपर तथा कप्तान म्यानुअल नुयुर र स्ट्राइकर थोमस मुलरले जर्मन फुटबल संघ (डिएफबी) माथि लगाएको जातीय दुर्व्यवहारको आरोप खण्डन गरेका छन्।

तर नुयुर र मुलरले रूस विश्वकपको समूहचरणबाटै बाहिरिएपछि समर्थकबाट सबै खेलाडी अपमानित भएको स्वीकार गरेका छन् । मिडफिल्डर ओजिलले गत महिना जर्मन फुटबल संघ (डिएफबी) का अध्यक्ष, प्रायोजक र सञ्चारमाध्यमलाई सम्बोधन गर्दै ४ पेज लामो पत्र लेखेर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

जर्मनीले २०१४ को विश्वकपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुर्व्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको उल्लेख गरेका थिए ।

विश्वकपअघि ओजिल र इकले गुण्डोगानले टर्कीका राष्ट्रपति रिसेप तैयब इडोगानसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा  सार्वजनिक भएपछि उनीहरु आलोचित बनेका थिए । यद्यपि कप्तान नुयुरले भने राष्ट्रिय टोलीमा जातीय दुर्व्यवहार हुने आरोप अर्थहिन भएको बताए । 

‘ओजिलको आरोपमा कु्नै अध्ययन नै नगरी फुटबल संघ, जर्मन राष्ट्रिय टोली र खेलाडीलाई विवादमा तानियो।’

‘हामी राष्ट्रिय टोलीका सदस्य एकै परिवार हाैं, जहाँ सबैलाई समान व्यवहार गरिन्छ,’ नुयुरले भने । नुयुरले ओजिलको आरोपपछि जर्मनीको राष्ट्रिय टोलीबाट खेल्ने इच्छा भएका अन्य मूलका खेलाडी  प्रभावित भएको बताए ।

‘ओजिलको आरोपमा कु्नै अध्ययन नै नगरी फुटबल संघ, जर्मन राष्ट्रिय टोली र खेलाडीलाई विवादमा तानियो,’ नुयुरले थपे, ‘यो निराशाजनक छ । यस्तो तथ्यहीन आरोपले सबै खेलाडीलाई  निराश पारेको छ ।’ ओजिलको संन्यास र आरोपबारे कमै खेलाडीले मात्र प्रतिक्रिया दिएका छन् । प्रशिक्षक जोचिम लोउले ओजिलको संन्यासले अचम्मित भएको प्रतिक्रिया दिएका थिए ।

‘ग्रिन्डेल र उनका समर्थकको आँखामा जर्मनीले जित्दा म जर्मन खेलाडी भएँ भने टोलीले हार्दा म आप्रवासी भएँ,’ विश्वकपअघि टर्कीका राष्ट्रपति इर्डोगानसँगको भेटको कुनै  राजनीतिक उद्देश्यले नभएको भन्दै २९ वर्षे ओजिलले ४ पेज लामो संन्यास पत्रमा उल्लेख गरेका थिए, ‘मेरो दुईवटा मुटु छ । एउटा जर्मनीको र अर्को टर्कीको।’

‘मलाई अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको निर्णय लिन निकै कठिन भयो,’ रूस विश्वकपमा जर्मनी समूहचरणबाटै बाहिरिँदा आफूमाथि खराब प्रदर्शन गरेको आरोपप्रति दुःख व्यक्त गर्दै ओजिलले भनेका थिए, ‘अन्तर्राष्ट्रिय फुटबलमा म अब जर्मनीको जर्सीमा देखिन छैन । मैले आफूमाथि जातीय दुर्व्यवहार भएको र आफू अपमानित भएको महसुस गरें।’
त्यस्तै स्ट्राइकर मुलरले पनि जर्मन राष्ट्रिय टोलीमा जातीय दुव्र्यवहार हुने ओजिलको आरोपको खण्डन गरे। ‘ओजिलको आरोप तथ्यहीन छ,’ मुलरले भने, ‘राष्ट्रिय टोलीमा कुनै पनि खेलाडीमाथि जातीय दुर्व्यवहार हुँदैन।’

प्रकाशित: २० श्रावण २०७५ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App