७ वैशाख २०८१ शुक्रबार
खेल

विलियान चेल्सीमै रहने विश्वास

लन्डन – चेल्सीका प्रशिक्षक माउरिसियो सारीले विंगर विलियान स्टाम्फोर्ड ब्रिजमै बस्नेमा आफू विश्वस्त भए पनि गोलकिपर थियाबाउट कोर्टोइसको क्लब भविष्यका बारेमा भने अहिले अनुमान लगाउन कठिन भएको बताएका छन्।

सिजनपूर्वको अभ्यासमा ढिला गरी टोलीमा समावेश भएका विलियानलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड र बार्सिलोना इच्छुक देखिएका छन्।

सारीले विलियानसँग उनको क्लब बसाइका बारेमा बिहीबार छलफल भएको बताउँदै छलफल सकारात्मक भएको बताए।
‘विलियानको क्लब बसाइमा कुनै समस्या छैन,’ सारीले भने । त्यस्तै गोलकिपर कोर्टोइसप्रति रियालले इच्छा देखाउँदै आएको छ।

‘अहिले कोर्टोइसले चेल्सीको पोस्ट सम्हालिरहेका छन्,’ सारीले भने, ‘तर भविष्यमा उनी कहाँ जान्छन् म भन्न सक्दिनँ । यो क्लब र उनीमा भर पर्ने कुरा हो । तर म उनी हामीसँग रहेको हेर्न चाहन्छु।’

सारीले रक्षक डेभिड लुइस टोलीका लागि महत्वपूर्ण खेलाडी हुने संकेत गरे पनि स्ट्राइकर रोबेन लोफ्टस चेकका बारेमा भने अझै धेरै बुझ्न बाँकी रहेको बताए।

‘म डेभिडको व्यवहारप्रति खुसी छु,’ सारीले भने, ‘उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् । तर रोबेनलाई मैले तीन–चार पटक मात्र अभ्यासमा देखेको छु । त्यसैले उनका बारेमा निर्णय गर्न मैले अझै केही समय कुर्नुपर्छ।’

प्रकाशित: २० श्रावण २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App