coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हार्ट बर्नली जाने

लन्डन – म्यानचेस्टर सिटीका गोलकिपर जो हार्टले शुक्रबार बर्नलीमा स्वास्थ्य परीक्षण गराएका छन्।

सिटीसँगको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि हार्ट प्रशिक्षक पेप ग्वार्डिओलाको क्लब आगमनपछि पहिलो रोजाइमा पर्न असफल भएका थिए । टुरिन र वेस्ट ह्याममा एक–एक सिजन लोनमा बिताएका हार्ट गत महिना सिटी फर्किएका थिए।

युरोपा लिग छनोट चरणमा एबर्डिनविरुद्धको खेलमा गोलकिपर निक पोपको हात भाँच्चिएपछि बर्नलीले हार्टलाई अनुबन्धन गर्न लागेको हो । बर्नलीका अर्का गोलकिपर टम हेइटन पनि पूर्ण रूपमा फिट छैनन्।

बर्नली र टोटेनह्याम यस सिजनका लागि सरुवा बजारमा अहिलेसम्म खेलाडी अनुबन्धन गर्ने मात्र दुई इङ्लिस प्रिमियर लिग क्लब हुन्।

इङल्यान्डका लागि ७५ अन्तर्राष्ट्रिय खेल खेलेका हार्टले सिटीबाट ३ सय ५० खेल खेलिसकेका छन् । त्यस क्रममा उनले दुई पटक प्रिमियर लिग र एक पटक एफए कपको उपाधि जितेका थिए।

प्रकाशित: २० श्रावण २०७५ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App