coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुुटबल तालिकामा पुनः हेरफेर

हङकङ – एसियाली फुटबल महासंघ (एएफसी) ले अगस्ट १४ बाट सुरु हुने एसियाली खेलकुद पुरुष फुटबलको खेलतालिकामा पुनः हेरफेर गरेको छ।

समूह ‘सी ’ मा रहेको इराकले प्राविधिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उक्त समूहमा सिरिया, चीन र इस्ट टिमोर मात्र बाँकी रहेका थिए।

यसअघि प्लोस्टाइन र युएईलाई समावेश गर्दै एएफसीले दोस्रो पटक खेलतालिका सार्वजनिक गरेको थियो । दोस्रो पटक गरिएको खेलतालिकाअनुसार  ६ समूहमध्ये २ समूहमा ५–५ तथा अन्य समूहमा ४ टोली रहेका थिए।

एएफसीले शुक्रबार खेलतालिकामा आंशिक परिवर्तन गर्दै समूह ‘सी’ मा इराकको स्थानमा युएईलाई समावेश गरेको हो । अन्य समूहमा भने कुनै परिवर्तन गरिएको छैन।

समूह ‘ए’ मा आयोजक इन्डोनेसिया, लाओस, हङकङ, चाइनिज ताइपे र प्यालेस्टाइन छन् भने समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, कतार र बंगलादेश छन् । त्यस्तै समूह ‘सी’ मा युएई, चीन, टिमोर लिस्टे र सिरिया छन् भने समूह ‘डी’ मा नेपाल, जापान, भियतनाम र पाकिस्तान छन् । त्यस्तै समूह ‘ई’ मा  दक्षिण कोरिया, बहराइन, किर्गिस्तान र मलेसिया छन् भने समूह ‘एफ’ मा उत्तर कोरिया, साउदी अरेबिया, इरान र म्यानमार छन्।

सेप्टेम्बर १ सम्म चेल्ने प्रतियोगितामा २३ टोलीका खेलाडीले सहभागिता जनाउने भए पनि सबै टोलीले ३ जना बढी उमेरका खेलाडी राख्न पाउनेछन्।

प्रकाशित: २० श्रावण २०७५ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App