८ वैशाख २०८१ शनिबार
अन्य

प्रधानमन्त्री भएपछि दाहाल पहिलो पटक मधेसमा

सिरहा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा जनसभा सम्बोधन गर्न आउँदै छन्। दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित उनी मिर्चैयाको मोहन उच्च माविमा माओवादी केन्द्रले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न सोमबार प्रधानमन्त्री आउँदैछन्।

मधेसी मोर्चासँग र गठबन्धनसँग तीन बुँदे सहमति गरेर आन्दोलनलाई अवतरण गराएका उनीप्रति मधेसी मनोभावना सकारात्मक बनेको छ

मधेसी मोर्चासँग र गठबन्धनसँग तीन बुँदे सहमति गरेर आन्दोलनलाई अवतरण गराएका उनीप्रति मधेसी मनोभावना सकारात्मक बनेको छ। मधेसी मोर्चा सरकारप्रति सकारात्मक बनेको अवस्थालाई उपयोग गर्दै माओवादीले यस क्षेत्रमा आफ्नो पकडलाई थप कसिलो बनाउन जनसभा आयोजना गरेको हो। मधेसी मोर्चाको आन्दोलनपछि प्रमुख दल मध्ये खुला जनसभा गर्ने माओवादी केन्द्र पहिलो हो।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सुरु गरेको आन्दोलनको क्रममा जनमत संकलन गर्न आफ्नो निर्वाचन क्षेत्रमा दाहाल आउँदा ब्यापक बिरोधको सामना गर्नुपरेको थियो । आज जनसभा आयोजना गरिएको मोहन उमाविमा त्यो बेला जनमत संकलनको केन्द्र थियो। दाहाल काठमाडौंबाट हेलिकप्टरमार्फत लहान पुगेर यहाँबाट सडकमार्ग हुँदै मिर्चैयाको मतसंकलन केन्द्र पुग्दा प्रवेशद्वारबाटै मोर्चाले विरोध गरेका थिए।

पछि कार्यक्रम विथोल्न कार्यक्रम स्थलमा मोर्चाले अवरोध गरेपछि दाहाल निर्धारित समय भन्दा अगाडि कार्यक्रम स्थगित गरी  लहानबाट हेलिकप्टर मागाएर दहाल काठमाडौं फर्केका थिए।

छ महिनापछि राजनीतिले नयाँ मोड लिएको छ। मधेसको एजेन्डालाई प्राथमिकतासाथ सम्बोधन गराउने मोर्चासँग सम्झौता भएपछि मधेसी जनतामा उत्साहको माहोल बनेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जगत यादवले बताए । उनका अनुसार जनसभामा प्रस्तावित प्रदेश नम्बर २ का सबैजिल्लाबाट जनता सहभागी हुँदै छन् ।

  जनसभा आयोजक समेत रहेका यादवका अनुसार, प्रधानमन्त्री दहाल १२ः३० मा हेलिकप्टर मार्फत कार्यक्रमस्थलमा अवतरण हुने कार्यक्रम छ।    प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थल र मिर्चैया क्षेत्रमा बिहानैबाट सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको सिरहा प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए।

 

प्रकाशित: २७ भाद्र २०७३ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App