coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

उदयपुर– उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। 

सर्बसाधारणको सुन छोटो अवधिमा मिटर व्याजमा बन्धकी राख्ने र ताकेको अवधिमा नतिरे पच्ने गरेको आरोपमा उदयपुरको चौडण्डीगढी नगरपालिका ७ बेल्टार बजारका ४४ वर्षीय मणिराम श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्। अवैध आर्थिक कारोबारको आरोपमा पक्राउ श्रेष्ठलाई तत्काल जिल्ला अदालतबाट म्याद थपेर प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

सर्वसाधारणको सुनका गहना चर्को मिटर व्याजमा बन्धकी राखेर अवैध कारोबार गरेको आरोपमा उनलाई २३ थान सुनका गहनासहित पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। इप्रका बेलटारका निरीक्षक गंगा पौडेलका अुनसार मिटरव्याजमा राखेको सुन बैंकमा सस्तो मूल्यमा राख्दै दोहोरो फाइदा लिने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो। 

चौडण्डीगढी नगरपालिका ६ बेल्टार घर भई सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर बस्दै आएका श्रेष्ठलाई सुनका गहनासहित पक्राउ गरिएको पौडेलले बताए। सुनसँगै उनको साथबाट बैंकमा राख्ने तमसुक, सुनको बिबरण उल्लेख रजिष्टर र नगद २२ हजार ५ सय रुपैंयासमेत बरामद भएको छ।

श्रेष्ठले सर्बसाधारणसँग सुन बन्धकी राखेर मिटर व्याज असुल्ने गरेको पाइएपछि सुन कारोबारको नाममा बित्तीय अपराध गरेको निश्कर्षसहित पक्राउ गरी कारबाही अघि बढाइएको छ। ‘उनीमाथि बित्तीय अपराधबिरुद्ध मुद्धा चलाउन उनले गरेको कारोबारबारे सुक्ष्म अध्ययन गरिरहेका छौं’ पौडेलले भने।

प्रकाशित: १९ श्रावण २०७५ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App