ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

शनिबार, १९ साउन २०७५, १९ : ४९ नागरिक

काठमाडौं - सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ। 

पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो। पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन्। नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। खेलस्थान भने टुंगो लागेको छैन। 

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन्। उक्त खेलमा अठार देशलाई चार समूहमा विभाजन गरिएको छ। जहाँबाट समूह विजेता र उपविजेता गरी आठ र उत्कृष्ट हुने दुई गरी १२ टोली दोस्रो चरणमा पुग्नेछन्।

यसअघि नै भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगिसकेका छन्। बाह्र टोलीलाई तीन समूहमा विभाजन गरिनेछ। समूह विजेता तीन टोली तेस्रो चरणमा पुग्नेछन्। 

तेस्रो चरण पुगेका तीन टोली र सिधै तेस्रो चरण पुगेका पाँच टोली अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड गरी आठ टोलीको दुई समूहमा प्रतिस्पर्धा हुनेछ। उक्त चरणबाट समूह विजेता र उपविजेता गरी चार टोली अन्तिम चरणमा पुग्नेछन्। 

अन्तिम चरणमा चार टोलीबीच ‘होम एन्ड अवे’ का आधारमा प्रतिस्पर्धा हुनेछ र उत्कृष्ट दुई टोली टोकियो ओलम्पिकमा छनोट हुनेछन्। 

ओलम्पिकको महिला फूटबलमा एसियाबाट तीन वटा कोटा छ। जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी दुई स्थानको छनोट प्रतियोगिताबाट हुन लागेको हो। ओलम्पिकको महिला फूटबलमा विश्वभरबाट छनोट भएका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad