१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

के एल स्मार्ट मोबाइल मेलामा अफरै अफर

काठमाडौं– काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला सुरु भएको छ। जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल उपलब्ध गराउने योजनासहित मेला सुरु भएको हो। मेला सुरु भएलगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागी हुँदै मोबाइल किन्नेको भिड लागेको छ। 

चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा मेला आयोजना गर्दै अफरमाथि अफरमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेकोे हो। मोबाइल हबका अनुसार मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ। 

ग्राहकले मोबाइलको ब्राण्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिनाअवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिए। उनकाअनुसार मेलाअवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ। शनिबारदेखि सुरु भएको मोबाइल मेला २ सातासम्म चल्नेछ। 

प्रकाशित: १९ श्रावण २०७५ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App