७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

लण्डन–आणविक कार्यक्रम रोक्ने प्रतिवद्धताका बावजुद उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहको पाइएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका लागि गरिएको एक अध्ययनको प्रतिवेदनमा प्योङ्याङ्ले तेल उत्पादन र हतियार ओसारप्रसारमा ठूलो बृद्धि गरिरहेको औल्याइएको छ।

स्वतन्त्र विज्ञहरुले तयार गरी सुरक्षा परिषद्मा शुक्रबार पेश गरेको उक्त गोप्य प्रतिवेदनबारे उत्तर कोरियाले भने प्रतिक्रिया जनाएको छैन। गतसातामात्रै अमेरिकी अधिकारीहरुले प्योङयाङले राष्ट्रपति डोलान्ड ट्रम्पसँग गरेको सहमतिका बावजुद नयाँ क्षेप्यास्त्रहरु तयार गरिरहेको बताएका थिए।

गत जुलाईमा अमेरिकी राष्ट्रपति ट्रम र उत्तर कोरियाका नेता किम जोन उन सिँगापुरमा भेटी आणविक निशष्त्रीकरण गर्न सहमत भएका थिए। यद्दपी यसविषयमा खास योजना भने बनेको थिएन।आणविक मुद्दाकै कारण उत्तर कोरियाले अमेरिकालगायत अन्तरराष्ट्रिय समूदायको प्रतिबन्ध खेपिरहेको छ।

विज्ञहरुको प्र्तिवेदनमा भनिएको छ, ‘उत्तर कोरियाले आणविक र क्षेप्यास्त्रका कार्यक्रमहरु रोकेको छैन र सुरक्षा परिषद्को प्रावधान विपरित जहाजका जहाज पेट्रोलियम पदार्थ तथा कोइला स्थानान्तरण गरिरहेको छ।’ प्योङयाङले शैन्य सामग्री, साना हतियारहरु पनि सुडान लिविया र यमनमा ओसार पसार गरिरहेको छ।’  

ती विज्ञहरुले समग्रमा सुरक्षा परिषदले लगाएको आर्थिक नाकाबन्दीको कुनै प्रभाव नपरेको ठहर गरेका छन्।

सिङगापुरमा जारी आसियानको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पीयोले उत्तरकोरियाको आणविक निशस्त्रीकरणको लक्ष्य प्राप्त हुने आशा ब्यक्त गर्दै गर्दा यस्तो प्रतिवेदन आएको हो। सम्बोधनमा क्रममा उनले उत्तर कोरियामाथि कुटनीतिक र अर्थिक दबाव कायमै राखी पूर्ण र प्रमाणिक आणविक निशस्त्रीकरणको लक्ष्य प्राप्त हुने बताएका थिए।

राष्ट्रसंघीय प्रतिबन्धका बावजुद रसियाले उत्तर कोरियाका नागरिकलाई आफ्नो क्षेत्रमा काम गर्न  दिइरहेको आरोप पनि उनले लगाएका थिए। रसियाले भने यो आरोपको खण्डन गरिसकेको छ। बीबीसी 

 

प्रकाशित: १९ श्रावण २०७५ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App