७ वैशाख २०८१ शुक्रबार
खेल

सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

काठमाडाैं - नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्।

लामिछाने नेदरल्याण्ड्सबाटै एन्टिगुवा प्रस्थान गरेका हुन्। नेपाली टाेली नेदरल्याण्ड्स विरुद्धकाे दुइ एकदिवसीय खेल खेल्न नेदरल्याण्ड्स गएकाे थियाे। नेदरल्याण्ड्स विरुद्धका दुवै खेल सकिएपछि उनी उतैबाट सिपिएल खेल्न त्यसतर्फ लागेका हुन्।  

लामिछानेले अगस्ट ८ तारिकबाट शुरु हुने प्रतियोगितामा समावेस सेन्ट किट्स एण्ड नेभिस पेट्रिअट्सको टोलीबाट खेल्नेछन। सेन्ट किट्सले लामिछानेलाई ५ हजार डलरमा गत फागुन १७ गते आफ्नो टोलीमा आवद्ध गराएको थियो। 

लामिछाने समावेस टोलीमा क्रिस गेल, इभिन लेविस, वेन कटिङ,कार्लोस ब्राथवेट तथा टम कुपर जस्ता चर्चीत खेलाडीहरु समावेस रहेका छन्। यसअघि लामिछानेले भारतीय चर्चीत लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सका तर्फवाट केहि खेल खेलेका थिए। उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा टोलीमा आवद्ध गराएको थियो । 

लामिछाने समावेस सेन्ट किट्स गत सिजनको उपविजेता टोली समेत हो। सिपिएलमा कुल ६ टोलीको सहभागिता रहेको छ। 

 

प्रकाशित: १९ श्रावण २०७५ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App