८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी ब्ल्याकमेलको जवाफ भन्दै चीनले पनि थाल्यो भन्सार बृद्धि

चीनकाे एक बन्दरगाहमा निर्यातका लागि तयार पारिएका कन्टेनर।तस्बिरः राेयटर्स

हङकङ – अमेरिकाले ब्ल्याकमेल गर्न खोजेको भन्दै चीन सरकारले प्रतिशाेधस्वरुप अमेरिकाबाट आयात हुने ६० अर्ब डलरको समानमा भन्सार शुल्क वृद्धि गर्ने चिनीया सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबर राति चिनियाँ अर्थमन्त्रीले अमेरिकाबाट आयात हुने ५ हजार २०७ बस्तुमाथि ५ देखि २५ प्रतिशत थप करलगाउने योजना सार्वजनिक गरेका हुन्। अमेरिकी सरकारले चीनबाट आउने सामानमा २५ प्रतिशतसम्म कर लगाउने प्रस्ताव ल्याएको जवाफमा चीनले पनि करबृद्धिको योजना बनाएको हो। चीनको यो प्रस्ताव जायज रहेको टिप्पणी त्यहाँको ग्लोबल टाइम्स पत्रिकाले गरेको छ। चीन अमेरिकासँग प्रतिश्पर्धा गर्न हतार भने नगर्ने जनाइएको छ।

अमेरिका र चीनले गत जुलाईदेखि ३४ अर्व डलरको द्धीदेशीय व्यापारमा कर लगाउन थालेका हुन्। बासिङटनले अझै १६ अर्व डलर मूल्य बराबरको चीनियाँ समानमा थप भन्सार शुल्क लगाउन सक्ने देखिएको विश्लेषक हरुको भनाइ छ। चीनले पनि यसो भएमा सन्तुलन मिल्ने गरी तत्काल कर बढाउने संकेत यस अघि नै गरिसकेको छ।

‘ह्वाइट हाउसको उच्च दबाब र ब्ल्याकमेलिङबारे विश्व समुदाय पनि जानकार छ,’ चीनया सरकारी टेलिभिजनले भनेको छ, यस्तो ब्ल्याकमेलको विधिले चीन विरुद्दमा गएर कुन लाभ मिल्नेछैन।’
उता अमेरिकी विदेशमन्त्री माइक पम्पीयोले चिनियाँहरु अमेरिकी कम्पनी र कामदार प्रति दुराग्रहपूर्ण रहेको र त्यहि सुधार गर्न अमेरिकी प्रशासनले असन्तुलित ब्यापारिक संबन्धमा हात हालेको भनेका छन्। आसियान राष्ट्रहरुको सम्मेलनका क्रममा सिँगापुरमा चिनिया समकक्षीसँगको छलफलपछि उनले यस्तो प्रतिकृया दिएका थिए।

सोहीक्रममा मेलिसियन परराष्ट्रमन्त्री सैफुद्धिन अब्दुल्लाहले पनि पम्पीयोलाई भेटी अमेरिकी र चिनिया तनाबले मलेसियामाथि पर्ने असरबारे अवगत गराएका थिए।
उता चिनिया परराष्ट्रमन्त्री वाङ यीले भनेका छन्,‘चीनले अत्यावश्यक र बैधानिक कदम चालिरहेको छ, चिनिया जनताको हित रक्षा,स्वतन्त्र व्यापार संगठनको विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापारका मान्यतामा चीनले कदम चाल्नेछ।’ रोयर्टस

 

प्रकाशित: १९ श्रावण २०७५ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App