८ वैशाख २०८१ शनिबार
समाज

संसदीय समितिबाट सुक्ष्म अनुगमन गर्न माग

सिक्टा सिचाई आयोजनाको काम, गुणस्तर लगायत विषयमा छलफल गर्दै नेपालगन्जस्थित नागरिक समाजका अगुवा। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज –  राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको नहर परिक्षणका क्रममा भत्किएको विषयमा नेपालगन्जको नागरिक समाजले संघिय तथा प्रदेश सरकारको गम्भिरतापूर्वक ध्यानआकृष्ट गराएको छ। विकासका लागि नागरिक सरोकार समिति बाँकेले विज्ञप्ती निकालेर संघिय सरकार तथा प्रदेश सरकारको गम्भिरतापूर्वक ध्यान आकृष्ट गराउँदै आयोजनाको निर्माण, डिजाइन स्टिमेटको पुनरावलोकन तथा संसदीय समितिबाट सुक्ष्म अनुगमन गरिनुपर्ने माग गरेको हो।

जिल्लाका नागरिक समाज, वकिल, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतसँगको छलफल पश्चात समितिक संयोजक कृष्णप्रसाद श्रेष्ठले विज्ञप्तीमार्फत यस्तो माग गरेका हुन्। ‘पटक–पटक नहर भत्किँदा खडा भएको निर्माणको गुणस्तरमाथी प्रश्न उठ्नु  अश्वभाविक होइन, अर्बौ रुपैयाँ खर्च भइसकेपनि नहर परिक्षणकै क्रममा भत्किरहेको अवस्थाले लगानी बालुवामा पानी भए सरह बनेको देखिएको छ,’ विज्ञप्तीमा उल्लेख छ।

सिक्टा नहर पटक–पटक भत्किएकोप्रति गम्भिर ध्यानाकर्षण भएको समितिले जनाएको छ। ‘आयोजनाको निर्माण भइरहँदा विभिन्न स्थानमा स्थानीय गाउँलेबाट समेत नहरका लागि माटो अनुपयुक्त रहेको भन्दै बिरोध जनाएकै हो,’ विज्ञप्तीमा भनिएको छ, ‘आयोजनाको तर्फबाट प्राविधिक जाँच गरी त्यसको उपचार गरिने र तत्पश्चात पुन यस्ता समस्या नदोहोरिने भनी आश्वस्त नबनाइएकोमा हालै २०७५ साउन ७ गते पुनः ढकेरी क्षेत्रकै चंगाई नाला नजिक नहर भत्किएको छ, यसबाट आयोजना आफ्नो कामप्रति गम्भिर नरहेको महसुस हुन आएको छ।’

प्रकाशित: १९ श्रावण २०७५ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App