coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीद्वारा भारतीय नेतासँग छलफल

भारतीय नेताहरूबीच परराष्ट्रमन्त्री डा.महत। तस्विर साैजन्य: शंकर तिवारी

काठमाडौं— भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालबारे चासो राख्ने भारतीय नेताहरुसँग अन्तरक्रिया गरेका छन्। जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रतापको उपस्थितिमा उनले अन्तरक्रिया गरेका हुन्।

‘नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा भारतको ठूलो सहयोग रहँदै आएको छ’, उनले भने, ‘आसन्न प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर पार्नेछ।'

इन्डिया हबिटेट सेन्टरकाे ज्याकरान्डा हलमा गए राति आयोजना गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री डा.महतले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको भूमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गरे। ‘नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनहरुमा भारतको ठूलो सहयोग रहँदै आएको छ’, उनले भने, ‘आसन्न प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर पार्नेछ। त्यसलाई थप सफल बनाउने उद्देश्यले म भारतीय परराष्टमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा आएको हुँ।’

दुई देशबीचको आपसी सम्बन्धलासई थप उचाई दिनका लागि भ्रमण उपयोग गर्ने उनले बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीले नेपालका पार्टीहरुको आन्तरिक लोकतन्त्रको अभ्यासबाट सिंगो दक्षिण एशियाले पाठ सिक्नुपर्ने उल्लेख गरे। ‘नेपालमा दलहरुभित्रको लोकतन्त्र एवं एकअर्का दलसँगको सौहार्दतापूर्ण सम्बन्धबाट सिंगो दक्षिण एशियाले पाठ सिक्न सक्छ।’  

फ्रेन्ड्स अफ नेपाल इन्डिया सोसाइटीले आयोजना गरेको सो कार्यक्रममा नेता केसी त्यागी, विजय प्रताप एवं प्राध्यापक अाशिष नन्दी एवं जयन्तबान्धाेपाध्यले बालेका थिए।

भ्रमणको औपचारिक तालिकामा नराखिएको सो कार्यक्रममा उठेका सवालहरुको डा.महतले जवाफ दिएका थिए।

सुष्मा स्वराज भेट्दै
परराष्ट्रमन्त्री डा.महतले आज साढे १२ बजे भारतीय समकक्षी सुस्मा स्वराजसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली आइपुगेका उनले भ्रमणका एजेन्डाबारे भारतीय पक्षसँग छलफल गर्नेछन्।

‘साढे १२ बजे परराष्ट्र मन्त्रालयमा भेटघाट तय भएको छ। प्रधानमन्त्री दाहालको भ्रमणमै विषय केन्द्रित हुनेछ’, स्रोतले भन्यो।

प्रधानमन्त्री दाहालले भदौ ३० गतेदेखि भारतको भ्रमण गर्दैछन्।
 

प्रकाशित: २७ भाद्र २०७३ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App