८ वैशाख २०८१ शनिबार
खेल

नेपाली एथलेटिक्सलाई जापानको सहयोग

काठमाडौं – जापानमा २ वर्षपछि हुने टोकियो ओलम्पिक २०२० अगाडिको प्रशिक्षणका लागि नेपाललाई जापानको तामुरा शहर र एथलेट सोसाइटीले सहयोग गर्ने भएको छ।

जापानले टोकियोमा हुने ओलम्पिक र पाराओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई प्रशिक्षणको सुविधा उपलब्ध गराउनेबारे नेपाल ओलम्पिक कमिटी (एनओसी), फुकुसिमाको तमुरा शहर र एथलेट् सोसाइटीबीच शुक्रबार सम्झैता भएको छ।

सम्झैतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, तमुरा शहरका उपमेयर नाओयुकी कावागोशी र एथलेट सोसाइटीका महासचिव सोको आओकीले हस्ताक्षर गरेका थिए। एथलेट् सोसाइटी खेलकुदमार्फत एसियाली देशहरुमा भाइचारा बढाउनका लागि काम गर्ने गौर सरकारी संस्था हो। 

नेपालका लागि जापानका राजदुत चिसाको निशितारीको उपस्थितीमा भएको सम्झैताअनुसार एथलेट् सोसाइटीले र तमुरा शहरले नेपाली खेलाडीलाई २०२० को टोकियो ओलम्पिकअघि जापनमा बन्द प्रशिक्षण गराउन सहयोग गर्नेछ। तमुरा शहरमा हुने बन्द प्रशिक्षणमा सोही शहरमा हुर्किएका खेलाडीहरुले प्रशिक्षण दिनेछन्। प्रशिक्षणका लागि चाहिने खर्च व्यवस्थापन तमुरा शहरले गर्नेछ। 

एनओसी अध्यक्ष श्रेष्ठले सहयोगका लागि आभार प्रकट गर्दै जापानलाई ओलम्पिकको सफल आयोजनाका लागि शुभकामना दिएका थिए। नेपालको ओलम्पिक सहभागितालाई उपलब्धिमुलक बनाउनका लागि यस्तो सहयोगले ठूलो अर्थ राख्ने ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई थियो। उनले ओलम्पिकका लागि अझै दुई वर्ष बाँकी रहेको बताउँदै सहभागिता उपलब्धिमुलक पार्न तयारीलाई थप प्रभावकारी बनाउने बताए।

 

प्रकाशित: १९ श्रावण २०७५ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App