coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

महाभारतदेखि हार्वर्डसम्म

तस्बिरहरू : विष्णु थापाको फेसबुक

जतिसुकै सानो र अव्यविस्थत विद्यालयमा पढे पनि त्यसबाट पाएको शिक्षा महत्वपूर्ण हुन्छ भन्ने उदाहरण अर्घाखाँची शब्दुका बिष्णु थापा बनेका छन् । २५ वर्षअगाडि महाभारत प्राविको खुला चौरबाट शिक्षा सुरु गरेका थापाले हार्वर्डको पढाइ सकेर आउँदो महिनाबाट   ब्राउन युनिभर्सिटीमा हेल्थ पोलीसी एण्ड हेल्थ इकोनोमिक्समा   पिएचडी गर्दै छन्।

अहिले सुविधा सम्पन्न विश्व विद्यालयमा पढेका उनले त्यति बेला  पढ्ने गरेको विद्यालय महाभारत प्राविको छत पनि नभएको सुनाए । उनी केही समय त विद्यालयको खुला चौरमा बसेर पढे । कक्षा ३ सम्म त्यहाँको पढिसकेपछि उनी महेन्द्र निमाविमा कक्षा ४ मा भर्ना भए । यही अध्ययन गरेको समयमा २०५२ सालतिर बूढानिलकण्ठ स्कुलमा छात्रवृत्ति पाए । त्यहाँबाट सुरु भएको उनको शैक्षिक  फड्को निरन्तर जारी छ ।  दुर्गम गाउँका उनी बूढानीलकण्ठ जाने क्रममा उनले पहिलो पटक गाडी चढेको सुनाए । ‘१२ घन्टा पैदल हिँडेर गोरुसिङे पुगेपछि त्यहाँबाट गाडी चढेको हुँ,’ संसारका विभिन्न ठाउँमा हवाइ यात्रा तय गरेका उनले भने, ‘त्यहीबाट मेरो शिक्षाको यात्राले गति लिन थाल्यो।’

दुई दशकअगाडि अर्घाखाँचीस्थित महाभारत प्राविको खुला चौरमा अध्ययन गरेको नेपाली ठिटो अहिले संसारमा नाम चलेका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्दैछन् ।

बूढानिलकण्ठ स्कुलबाट एसएलसी सकाएपछि छात्रवृत्तिमै बेलायत जाने अवसर पाए । त्यहाँ उनले ‘आइवी’ गरे । सन् २००६ मा उनले संसारमै नाम चलेको हाडवर्ड विश्वविद्यालयमा अर्थशास्त्र मेजर र  गभर्मेन्टमा सेकेण्डरी शिक्षा हासिल गरे ।सन २०१० तिर उनी रोजगारीको सिलसिलामा नेपाल फर्किए । विश्व बैंकको नेपाल शाखामा तीन वर्ष काम गरे । यस क्रममा मुलुकका विभिन्न भाग घुम्ने अवसर पनि पाए । ‘संसार घुमेर आएपछि फेरि मुलुक घुम्ने अवसर मिल्यो,’ उनले भने, ‘कामलाई पनि शिक्षाकै अवसरको रूपमा लिएर अगाडि बढे।’

सन् २०१३ मा उनले मास्टर्स प्रोगामको लागि अप्लाई गरे, प्रिष्टन युनिभर्सिटीमा । मास्टर इन पब्लिक अफेयर्सअन्तर्गत इकोनोमिक्स हेल्थ पोलीसीमा उनले दुई वर्ष अध्ययन गरे । त्यसपछि सन् २०१५  केही समय विश्व बैंकको लागि अल्वानियमा तीन महिना इन्र्टनसिपमा काम गरे । अनि वासिङटन डिसीमा रहेको हेड अफिसमा काम गरे ।अहिले उनी अगस्ट २३ मा ब्राउन युनिभर्सिटीमा हेल्थ पोलिसी एण्ड हेल्थ इकोनोमिक्समा पिएचडी गर्न जाँदै छन् । यहि क्रममा उनी नेपाल आएका हुन्।

दुर्गम गाउँमा जन्मिएका उनको परिवार शिक्षाप्रति भने निकै सुगम सोच राख्थ्यो । बुला डिलबहादुर थापा र आमा सुमित्रा थापाको साइलो सन्तान उनी परिवारको शिक्षाप्रतिको चेतनाका कारण आफू अगाडि बढेको सुनाउँछन् ।

उनले नेपालको दुर्गमदेखि सुगमसम्मका शिक्षाका विभिन्न रूप देखेका छन् । उनी विद्यालयको अवस्थाभन्दा पनि शिक्षकको भूमिका राम्रो हुने ठान्छन् । ‘शिक्षकले विद्यार्थीलाई दिने प्रोत्साहन विद्यालयको अन्य सबै कुराभन्दा बढी महत्वपूर्ण हुन्छ ।’ उनले भने, ‘त्यो प्रोत्साहन र हौसला विद्यार्थीको जीवन यात्रामा इन्धनको काम गर्छ ।’दुर्गम गाउँमा जन्मिएका उनको परिवार शिक्षाप्रति भने निकै सुगम सोच राख्थ्यो । बुला डिलबहादुर थापा र आमा सुमित्रा थापाको साइलो सन्तानकारूपमा जन्मेका उनी परिवारको यही सोचका कारण आफू अगाडि बढेको सुनाउँछन् । बुबाले सपना देख्नुभएको थियो आफ्ना ६ वटै छोराले डबल एमए गरुन् भन्ने,’ उनले भने, ‘बुबाले सन्तोष हुनुभएको छ।’

संसारका सुविधासम्पन्न विश्व विद्यालयमा अध्ययन गरे पनि उनले आफू पढेको गाउँको त्यो विद्यालयलाई बिर्सेका छैनन् । त्यसैले उनी ६ वर्षअघि साथीहरूको सहयोगमा ६ लाख संकलन गरेर उक्त विद्यालयको पुनर्निर्माण पनि गराए । ‘महाभारत प्रावि मैले शिक्षा लिएको पहिलो विद्यालय हो,’ उनले भने, ‘म जतिसुकै माथि पुगे पनि त्योभन्दा माथि कहिल्यै पुग्ने छैन ।’
 

तस्बिरहरू : विष्णु थापाको फेसबुक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App