जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

शनिबार, १९ साउन २०७५, ०७ : ११ नागरिक

काठमाडौं - संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि समयमै सम्पत्ति विवरण बुझाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। मन्त्रालयले यस प्रयोजनका लागि सम्पत्ति विवरण बुझाउने ठाउँ निर्धारण गरेको छ।

स्थानीय तहका जनप्रतिनिधि, निजामती कर्मचारी, स्थानीय तहका स्थायी र करारका कर्मचारीले कहाँकहाँ सम्पत्ति विवरण बुझाउने अन्योल रहेका बेला मन्त्रालयले ककसले र कहाँ सम्पत्ति विवरण बुझाउने भन्ने टुंगो लगाएको हो। सम्पत्ति विवरण बुझाउने ठाउँको टुंगो लागेसँगै स्थानीय तहका पदाधिकारी र कर्मचारीले भदौ २८ गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

मन्त्रालयको निर्णयअनुसार अब स्थानीय तहका जनप्रतिनिधि वा राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण सम्बन्धित स्थानीय तहमै बुझाउनुपर्नेछ। जनप्रतिनिधिको सम्पत्ति विवरण स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले सुरक्षित राख्नेछन्। त्यसैगरी स्थानीय तहमा कार्यरत कर्मचारीमध्ये निजामति कर्मचारीले पूर्ववत् निजामती किताबखानामै सम्पत्ति विवरण बुझाउनुपर्नेछ। स्थानीय तहका अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा सम्पत्ति विवरण बुझाउनुपर्नेछ। यसैगरी स्थानीय तहमा कार्यरत करारका कर्मचारीको सम्पत्ति विवरणलाई सुरक्षित राख्ने जिम्मेवारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । सम्पत्ति विवरणसँगै पदाधिकारी वा कर्मचारीले आफ्नो संकेत नं, नाम, पद, सेवा, समूह, श्रेणी, कार्यरत निकाय, मोबाइल नम्बर र इमेल ठेगानासमेत उल्लेख गर्नुपर्नेछ।

नियमअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफू कार्यरत निकायमा भदौ २८ गते र राजनीतिक नियुक्ति लिएका पदाधिकारीले तीन महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाइसक्नुपर्ने व्यवस्था छ। समयमै सम्पत्ति विवरण नबुझाउने कर्मचारी एवं सार्वजनिक पदाधिकारीलाई जरिवाना र थप कारबाहीसमेत हुने गरेको छ। आर्थिक वर्ष २०७३/०७४ मा मात्रै तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने झन्डै १९ हजार निजामती कर्मचारीलाई कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad