काठमाडाैं - २९ औं ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले नेदरल्याण्ड्सका दुई विकेट लिदै नेपाललाई खेलमा फर्काएका छन्।
सन्दीपले २८ दशमलव ४ ओभरमा ड्यानीयल टेर ब्राकलाई एलबिडब्लु धरापमा पार्दै बेस्ली बरेसीसँगको लामो साझेदारी तोडेका हुन भने त्यसपछि ब्याटिङ गर्न आएका बस डी लिडे समेत २९ औं ओभरको अन्तिम बलमा स्टम्पिङ आउट भएका थिए। सन्दिपले २९ औं ओभरमा २ विकेट लिएपछि नेपाल पुनः खेलमा फर्केको छ।
प्रकाशित: १८ श्रावण २०७५ १५:२७ शुक्रबार