७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

काठमाडाैं - भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा ६ रोबोट सञ्चालक सहित कुल २५ विद्यार्थीहरुले सहभागीता जनाउने छन्। प्रतियोगिता २६ अगस्ट (भाद्र १०) मा भियतनामको निन बिनमा आयोजना हुनेछ।

प्रतियोगितामा दुई टोलीले ३ मिनेटसम्म एक अर्कासँग प्रतिष्पर्धा गर्नेछन्। प्रत्येक टोलीसँग दुईवटा रोबोट राख्न पाउने अनुमति हुनेछ । जसमा दुवै अटोमेटिक रोबोट वा एउटा अटोमेटिक र एउटा म्यानुअल रोबोट राख्न पाइनेछ। प्रत्येक टिमको एउटा अटोमेटिक रोबोटले सटलककलाई उपलब्ध गराइएको रिङमा हाल्नुपर्ने हुन्छ। 

एसियन ओसेनियन कलेजको यो प्रतियागिता सन् २००२ देखी शुरु भएको हो जसलाइ एसिया प्यासेफिक ब्रोडकास्टिङ युनियनले शुरुवात गराएको थियो। प्रतियोगिताको मुख्य उद्देश्य भनेको एउटै खालको रुची भएका फरक फरक व्यक्तिहरुबीच मित्रताको सम्बन्ध अघी बढाउँदै उनीहरुका क्षेत्रमा प्रविधीको विकासमा योगदान गर्नु रहेको छ । 

प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई गरिएको अभिमुखिकरणका केहि दृश्यहरु :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App