८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकासँगको मतभेद अन्त्य गर्न चीन इच्छुक

तस्बिरः राेयटर्स

सिंगापुर– चीनले पछिल्लोसमय अमेरिका सँग देखिरहेको मतभेद अन्त्य गर्न चाहिरकेको चीन सरकारका उच्चपदस्थ कुटनीतिज्ञले बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँगको भेटपछि चीनका परराष्टमन्त्री याङ यी सेकले यस्तो भनाई सार्वजनिक गरेका हुन्। 

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन(आसियान)को बैठकका क्रममा सिँगापुर पुगेका पोम्पियो र याङले आपसी छलफल गरेका थिए।समकक्षी बीचको यो भेटमा ब्यापार समस्याका बारे गहन छलफल भने नभएको जनाइएको छ।बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ब्यापार अधिकारीहरुलाई चीनबाट हुने २ सय अर्ब डलरको आयातमा लाग्दै आएको १० प्रतिशतको करलाई २५ प्रतिशत बनाउनेबारे सोच्न निर्देशन दिएका थिए।
ट्रम्पले चीनलगायत अन्य निर्यातक राष्ट्रहरूले विश्व व्यापारमा अमेरिकामाथि शोषण गरिरहेको आरोपलगाउँदै बेइजिङ सहमतिमा नआए थप भन्सार तिर्न तयार हुन चेतावनी दिएका थिए। यद्दपी चीनले यस्तो दबावमाथि कुनै प्रतिकृया भने जनाएको छैन। दुई परराष्ट्र मन्त्रीबीचको भेटपछि प्रतिक्रिया दिँदै याङले भने,‘हामी दुवै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका सदस्य र ठूला अर्थतन्त्र भएका देश हौ। अमेरिका र चीन दुवैका लागि आपसी सहयोग नै उत्तम विकल्प हुन्छ। हामी उपलब्धी मूलक सम्बन्धको अपेक्षा राख्दछौं।’ असामझदारीले दुवैदेशलाई हानी गर्ने मात्र नभई विश्वभरको दिगो विकासमा समेत असर पुग्ने उनको भनाई थियो। एजेन्सी  

 

प्रकाशित: १८ श्रावण २०७५ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App