४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

तस्बिर: नेपाली सेना

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ गरेका छन्।

नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार पुनः निर्मित भवनमा डेन्टल सेवा शुक्रवारबाट सुरु गरी बहालवाला तथा कल्याणकारी हिताधिकारीहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको छ भने इमरजेन्सी, फार्मेसी, पेडियाट्रिक, फिजियोथेरापी, प्याथालोजी र रेडियोलोजी सेवाहरु विस्तार गरिनेछ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्चाधिकारी, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. तारानाथ पोखरेल, त्रिचन्द्र मिलिटरी अस्पतालका पूर्व कमाण्डान्टहरु र अन्य सैन्य अधिकारीहरुको उपस्थिति थियो।

तस्बिर: नेपाली सेना
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App