८ वैशाख २०८१ शनिबार
कला

इमरान खानको सपथमा आमिरलाई निमन्त्रणा ?

मुम्बई– प्रधानमन्त्री पदको सपथ लिने तरखरमा रहेका पाकिस्तानी तहरिक–ए–इन्साफ पार्टीका नेता इमरान खानले बलिउड अभिनेता आमिर खानलाई निमन्त्रणा गरेको खबरले अहिले चर्चा छाएको छ।

इमरानले भारतसहित दक्षिण एसियाका राजनीतिज्ञ मात्र होइन कलाकारलाई समेत आफ्नो सपथ ग्रहणको निम्ता दिएका छन्। जसमा आमिर खान पनि परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। इमरानले ११ अगस्टमा सपथ लिँदैछन्। 

इमरानले आफूलाई निमन्त्रणा पठाएको खबर आएपछि आमिरले मुख खोलेका छन्। उनले आफूले अहिलेसम्म निमन्त्रणा नपाएको र सपथ समारोहका लागि पाकिस्तान नजाने स्पष्ट पारेका छन्। 

इमरानले आफ्नो सपथमा पूर्व भारतीय क्रिकेटर सुनील गावस्कर, कपिल देव, नवोजो सिंह सिद्धू र आमिरलाई निमन्त्रणा पठाइसकेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएका छन्। सिद्धूले निमन्त्रणा स्वीकार गरिसकेका छन्। 

प्रकाशित: १८ श्रावण २०७५ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App