दोस्रो एकदिवसीय क्रिकेटः नेपालको चौंथो विकेट गयो

शुक्रबार, १८ साउन २०७५, १६ : ०८ नागरिक

काठमाडौं – ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले ७२ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ। 

भर्खरै मात्र चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १९ रन बनाएर रन आउट भएका छन्। ऐरीले आउट हुनुपूर्व १७ बलमा ३ चौंकाको मद्दतले १९ रन बनाए। यसअघि पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३, दोस्रो विकेटका रुपमा अनिलकुमार शाह ४ र तेस्रो विकेटका रुपमा सुवास खकुरेल समान १९ रन जोड्दै फ्रेड कलसिनको बलमा आउट भएका थिए।

मल्ल २४ बलमा २ चौंकाको सहायतामा १३, शाह ३ बलमा १ चौंकाको सहायतामा ४ र खकुरेलले ३३ बलमा ३ चौंकाको मद्दतमा १९ रन जोडदै पवेलियन फर्किए। नेदरल्याण्ड्सका फ्रेड कलसिनले तीन विकेट लिए। अहिले क्रिजमा कप्तान पारस खड्का र रोहितकुमार पौडेल खेलिरहेका छन्। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो। यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ।

आजको खेलका नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकर,शक्ति गौचन र करण के.सी को ठाउँमा सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले खेलिरहेका छन्। 

ताजा अवस्थामा नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा ८३ रन बनाएको छ।

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad