दोस्रो एकदिवसीय क्रिकेटः नेपालको कमजोर प्रदर्शन, ४७ रन जोड्दा ३ विकेट गुमायो

शुक्रबार, १८ साउन २०७५, १५ : ४३ नागरिक

काठमाडौं – ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ। 

भर्खरै मात्र तेस्रो विकेटका रुपमा सुवास खकुरेल फ्रेड कलसिनको बलमा आउट भएका छन्। उनी ३३ बलमा ३ चौंकाको मद्दतमा १९ रन जोड्दै आउट भएका हुन्। यसअघि पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ र दोस्रो विकेटका रुपमा अनिलकुमार शाह ४ रनमा आउट भएका छन्। मल्ल २४ बलमा २ चौंकाको सहायतामा १३ र शाह ३ बलमा १ चौंकाको सहायतामा ४ रन जोडदै पवेलियन फर्किए। नेदरल्याण्ड्सका फ्रेड कलसिनले तीन विकेट लिए।

अहिले क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी खेलिरहेका छन्। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो। यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। आजको खेलका नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। 

शरद भेषावकर,शक्ति गौचन र करण के.सी को ठाउँमा सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले खेल्नेछन्।
ताजा अवस्थामा नेपालले १२.३ ओभरमा ३ विकेटको क्षतिमा ५२ रन बनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad