अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

शुक्रबार, १८ साउन २०७५, १२ : ०९ नागरिक

काठमाडौं – १८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ। 

थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ। सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ। 

प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ। 

थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकुदमा भाग लिने २० सदस्यीय नेपाली यु–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ। एसियाली खेलकुदको फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ। 

एसियाली खेलकुदमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा नेपालसहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन्। मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए। 

एसियाली खेलमा २३ वर्षमुनिका खेलाडीसहित तीन सिनियर खेलाडी खेल्न पाउने छन्। त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र बिशाल राईलाई टिममा राखिएको छ। 

नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलन न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन्। 

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ तथा फरवार्डमा सुनील बल, बिशाल राई, सुमन लामा, विमल घर्तीमगर छन्। मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन्। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बिहान आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपाली फुटबल टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे। 

सो अवसमा उनले खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले एसियाली खेलकुद प्रतियोगिता आगामी वर्ष नेपालमा हुने १३ औं साफ गेम्सको तयारीका रुपमा रहेकाले यो सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरेका थिए। 

फुटबलको विकासमा मन्त्रालयकोतर्फबाट हुने सहयोगमा कमी हुन नदिने मन्त्री विश्वकर्माले प्रतिबद्धता जनाए। अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले एसियाली खेलकुद प्रतियोगिताका लागि तीन महिनादेखि अभ्यास गरिरहेको बताएका थिए। (रासस)





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad