अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन् :गभर्नर

शुक्रबार, १८ साउन २०७५, १२ : ०३ एजेन्सी

आसाम - भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मस्याैदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने बताएका छन्।

बिहीबार एएनआईलाई दिएको विशेष अन्तर्वार्तामा गभर्नर मुखीले भने, “एनआरसीको ड्राफ्ट आसामी जनताका लागि ऐतिहासिक बिषय भएको र यो स्थानीय जनताको आकाङ्क्षा बमोजिम नै आएको हो।”“धेरै जनताले आफ्नो नाम एनआरसीमा नभेटिएपछि चिन्ता व्यक्त गरेका छन् । म यो विश्वस्त पार्न चाहन्छु कि, जसको नाम भारतीय भएर पनि पहिलो सूचीमा समावेश भएको छैन, अन्तिम सूूचीमा उनीहरू छुट्ने छैनन् ।”

जुलाई ३० मा सार्वजनिक एनआरसी मस्याैदामा तीन करोड २९ लाख निवेदकमध्ये दुई करोड ८९ लाख नागरिकको नाम समावेश भएको र करिब ४० लाख आसामी नागरिक छुटेको भन्ने व्यापक गुनासोपछि यहाँको प्रतिपक्षी दलले मुद्दालाई सशक्त रूपमा उठाउँदै आएको छ।

यस विषयले प्रमुख प्रतिपक्षी समूहको सत्ताधारी भारतीय जनता पार्टीसँगको सम्बन्धमा निकै समस्या देखिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।छुटेका नामहरूको बिषयलाई समर्थन गर्दै गभर्नर मुखीले भने, “छुटेका नाम र विदेशीबारे जानकारी पाउने केन्द्र सरकारको अधिकार हुन्छ।”

सरकारको तर्फबाट म यो कुरा आश्वस्त पार्छु कि छुटेका भारतीयको नाम अन्तिम सूचीमा समावेश हुनेछन् र हरेक नागरिकको सुरक्षाका लागि सरकारले ग्यारेन्टी दिलाउनेछ।अहिलेको सूची नागरिकको सूचीमात्र नभइ राज्यमा बसोबास गर्ने सबै जनसङ्ख्याको गतिविधिको रेकर्ड हो, उनले थपे । यसले राज्यमा सुरक्षाका लागि पूर्ण प्रमाणको लेखाजोखा गर्नेछ, मुखीको धारणा थियो।एनआरसीको पहिलो मस्याैदा सन् २०१७ को डिसेम्बर ३१ मा प्रकाशित गरिएको थियो जसमध्ये एक करोड ९० लाख नाम पछिल्लो ड्राफ्टमा समावेश गरिएको थियो।रासस

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad