coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकाे संसदीय दलको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ।बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 

बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो। काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिनुभएको सम्बन्धमा पार्टीले थप गम्भीर रूपमा लिएको जनाएको छ। 

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिए। प्रमुख सचेतक खाँणले भने, “सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छाैं, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको छ।” 

बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने बताइएको छ। प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।  (रासस)

प्रकाशित: १८ श्रावण २०७५ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App