१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेइमारको स्वागत

सेनजेन – रूस विश्वकपमा सन्तोषजनक प्रदर्शन गर्न नसकेका ब्राजिलियन स्ट्राइकर नेइमारलाई बिहीबार पेरिस सेन्ट जर्मन (पिएसजी) फर्किने क्रममा दजनौं समर्थकले स्वागत गरेका छन्। 

विश्व फुटबलका सबैभन्दा महँगा खेलाडी नेइमार बिहीबार आकर्षक पहिरनका साथ विमानस्थलमा उत्रिएका थिए । पहेंलो पोसाकमा विमानस्थल उत्रिएका नेइमारसँग विमानस्थलबाहिर पुग्नुअघि त्यहाँका कर्मचारीहरूले फोटो खिचेका थिए। 

सुरक्षा गार्डले सुरक्षा दिनुअघि नेइमारको सामाजिक सञ्जाल ट्विटरमा उनले बार्सिलोना, ब्राजिल र पिएसजीको जर्सीमा हस्ताक्षर गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो। 

मोनाकोसँग सेनजेनमा हुने सुपर कप खेलका लागि नेइमार क्लबमा फर्किएका हुन् । गत फेब्रुअरीमा खुट्टाको चोट बेहोरेका नेइमार पिएसजीबाट खेल्न करिब पाँच महिनापछि क्लबमा फर्किएका हुन्। 

निकै आशा गरिएका ब्राजिलियन स्टार नेइमारको टोली रूस विश्वकपको क्वार्टरफाइनल खेलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । साथै उनी प्रतियोगिताको दौरानमा खेलमैदानभित्र अस्वाभाविक तरिका लड्दा आलोचित पनि भएका थिए। 

‘मलाई बल हेर्न पनि मन लागेको छैन र फुटबल खेलेको हेर्न पनि चाहन्नँ,’ २६ वर्षे नेइमारले अघिल्लो महिना ब्राजिल विश्वकपबाट बाहिरिएपछि  निराश हुँदै यस्तो प्रतिक्रिया दिएका थिए। बिहीबार उनी क्लबमा फर्किएसँगै समर्थकको उत्साहजनक स्वागतले चीनमा उनको लोकप्रियता बढेको छ। 

 

प्रकाशित: १८ श्रावण २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App