८ वैशाख २०८१ शनिबार
खेल

इराकद्वारा नाम फिर्ता

हङकङ – इराकले बुधबार प्राविधिक कारण देखाउँदै दुई सातापछि इन्डोनेसियामा हुने एसियाली खेलकुदको पुरुष फुटबलबाट नाम फिर्ता लिएको छ।

इराकी ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति जारी गर्दै फुटबल स्पर्धाबाट नाम फिर्ता लिएको जनाएको हो।
एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता प्यालेस्टाइन र युएईलाई समावेश गर्दै पुनः एसियाली खेलकुदमा फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको थियो।

इराक, चाइनिज ताइपेई, टिमोर लिस्टे र सिरियासँगै समूह ‘सी’ मा थियो । इराकले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै समूह ‘सी’ मा तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्।

ओलम्पिक काउन्सिल अफ एसिया र एसियाली खेलकुदको आयोजकले भने इराकको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन।

इराकको सरकारले केही दिनअघि राष्ट्रिय यु–१६ टोलीमा बढी उमेरका खेलाडी खेलाएको भन्दै इराक फुटबल संघका केही पदाधिकारीलाई बर्खास्त गरेको थियो । एसियाली खेलकुदमा यु–२३ टोलीले सहभागिता जनाउने भए पनि तीन जना बढी उमेरका खेलाडीले खेल्न पाउनेछन्। 

इराकका सञ्चारमाध्यमले अन्तिम समयमा प्रतियोेगिताबाट नाम फिर्ता लिनुले यस प्रतियोगितामा पनि बढी उमेरका खेलाडी छनोट गरेको हुन सक्ने बुझिएको उल्लेख गरेको छ।

तर इराक फुटबल संघले भने सञ्चारमाध्यममा आएको खबरको खण्डन गरेको छ । एसियाली खेलकुदअन्तर्गत फुटबलका खेल अगस्ट १४ बाट सुरु हुनेछन्।

प्रकाशित: १८ श्रावण २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App