coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्वे निर्वाचन : हरारेमा सेनाको गस्ती

तस्बिर : एजेन्सी

हरारे– राष्ट्रपतीय निर्वाचनको अति प्रतिक्षित नतिजालाई लिएर जिम्बाब्वेमा राजनीतिक संकट उत्पन्न भएको छ।राष्ट्रपतीय पदका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिकमा ढिलाइ र संसदीय निर्वाचनमा सत्तारुढ जानु–पिएफ दलको बहुमत आउने संकेत देखिएपछि विपक्षी दल मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)ले प्रदर्शन सुरु गरेका छन्।

विपक्षीको प्रदर्शन हिंसात्मक भएपछि र बुधबारमात्रै सुरक्षाकर्मीको गोली लागेर विपक्षी नेता नेल्सन चामिसा समर्थक तीन जनाको मृत्यु भएपछि राजधानी हरारेको सुरक्षामा सेना प्रयोग गरिएको छ । प्रदर्शन बढ्न थालेपछि सम्पूर्ण व्यापारिक क्षेत्र बन्द भएको बिबिसीले जनाएको छ । सशस्त्र सेना र प्रहरीले जनतालाई शान्त रहन आदेश दिँदै राजधानी हरारेमा गस्ती गरिरहेको बताइएको छ।

जिम्बाब्वेका प्रमुख प्रतिपक्षी नेता चामिसाले सोमबारको निर्वाचनमा वर्तमान राष्ट्रपति एमर्सन नंगाग्वालाई जित दिलाउनका लागि धाँधली भएको आरोप लगाएपछि उनका समर्थकले सडक तताएका थिए । तीन दशकभन्दा लामो समय जिम्बाब्वेमा शासन गरेका रोबर्ट मुगावेलाई गत नोभेम्बरमा सत्ताच्युत गरेपछि सोमबार पहिलो पटक निर्वाचन भएको थियो।

प्रमुख प्रतिपक्षी दलले बुधबारको प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । राष्ट्रपति नंगाग्वाले भने देशमा सुरु भएको हिंसाको घटनालाई कम गर्नेबारे विपक्षी नेता चामिसासँग कुराकानी र छलफल भइरहेको बताएका छन् ।‘यो जमीन हामी सबैको घर हो र हामी कि त सँगै डुब्छौं वा पौडी खेल्छौं त्यो हामीमै निहीत छ,’ राष्ट्रपति नंगाग्वाले गरेको शृंखलाबद्ध ट्विटमा जनाइएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थिति गस्तीका कारण बिहीबार भने हिंसाका घटना नभएको बिबिसीले उल्लेख गरेको छ । सुरक्षाकर्मीले सबै मानिसलाई शान्त रहनका लागि माइकिङ गरिरहेको बताइएको छ ।

 

प्रकाशित: १८ श्रावण २०७५ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App