निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा

शुक्रबार, १८ साउन २०७५, १० : ०८ नागरिक

कञ्चनपुर – स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन्।

विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र धामीले बताए। नगरपालिकाका केही विद्यालयले वर्षमा एक दुई महिनाको तलब दिए पनि अधिकांश विद्यालयका निजी स्रोतका शिक्षकले तलब नपाएको उनले बताए।

सँगै पढाउँदै आएका राहत, अस्थायी र स्थायी शिक्षकले आफ्नै अगाडिबाट तलब थापेर जान्छन् उनले भने, ‘आफूहरूले भने टुलुटुलु हेरेर निराश हुनुबाहेक अर्को विकल्प छैन।’

नगरपालिकाले निजी स्रोतका शिक्षकका लागि तलबको व्यवस्था नगर्दा यस्तो परिस्थिति आएकाले तलबका लागि अनुदानको व्यवस्था गरिदिनुपर्नेमा अध्यक्ष धामीले जोड दिए। सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नगर सञ्जालका अध्यक्ष बिष्णुदत्त जोशीले शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नुपर्ने दायित्व भएको बताए।

सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि विषयगत शिक्षकको व्यवस्था अनिर्वाय हुनुपर्दछ, शिवशंकर माविका प्रधानाध्यापक बिष्णुदत्त जोशीले भने, ‘विद्यार्थी अनुपातमा शिक्षक अभाव भएकाले निजी स्रोतका शिक्षक नभए विद्यालय नै बन्द हुने अवस्था छ तर स्थानीय तहले तलबको व्यवस्था गर्नुपर्नेमा चासो दिएको छैन।’

‘शुल्क लिएर विद्यालय सञ्चालन गर्न निकै गाह्रो छ। अभिभावकको आर्थिक अवस्था निकै कमजोर छ। यस्तो अवस्थामा निजी स्रोतका शिक्षकलाई तलब दिन सकिएको छैन’ शिद्ध बैजनाथ माविका प्रधानाध्यापक धनसिंह महराले भने। केही आधारभूत तहका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार हजारदेखि पाँच हजारसम्म तलब पाउँछन्। त्यही तलब दुई वर्षसम्म नपाउँदा शिक्षकको मनोवल खस्केको उनले बताए।

नगरपालिका प्रमुख दिलबहादुर ऐरले निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्ने प्रयास भइरहेको जानकारी दिए। नगरपालिकामा सञ्चालित ३२ सामुदायिक विद्यालयमा ८१ निजी स्रोतका शिक्षक कार्यरत छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad