७ वैशाख २०८१ शुक्रबार
अन्य

‘फितलो नीतिले सहर बिग्रियो’

लाल देउसा राई, प्राध्यापक

तपाईको बुझाईमा सहर के हो ?
सहर विकसित र व्यवस्थित ठाउँ  हो । सहरको जनघनत्व बढी भएपनि त्यसलाई व्यवस्थापन गर्ने सामथ्र्य त्यहाँको सरकारसँग हुन्छ ।

धेरै जनसंख्या भएको ठाउँमा चुस्त र आकस्मिक सेवा–सुविधा कसरी दिने भन्ने सम्बन्धमा सरकार चनाखो हुन्छ । अर्को हिसाबमा सहर अदित्य कला–संस्कति र विकासको छनक भेटिने ठाउँ हो।

सहर र गाउँको सम्बन्ध कस्तो हुनुपर्छ ?
गाउँका मानिस खेतीपाती र बाहुबलले जीवन धान्छन् । सहरका मानिस जागिरे मनस्थितिका हुन्छन् । उनीहरू आफ्नो व्यवसाय भन्दा पनि बाहिरी कामका जोडिन खोज्छन् । गाउँ र सहरको पारिस्परिक  सम्बन्ध छ । गाउँका मानिस कुनै सरकारी सेवा–सुविधा लिनुपर्यो भने सहर धाउँछन् ।

सहरका मानिस गाउँको उत्पादनमा निर्भर हुन्छन् । सहरमा काम गर्नेले राम्ररी काम गरेन भने गाउँमा उत्पादन भएको बस्तु विक्रि गर्न कठिन हुन्छ । यदी गाउँमा बस्नेले उत्पादन राम्ररी गरेन भने सहरमा बस्नेले खान पाउँदैनन् । पर निर्भरता बढ्छ।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
२०२२ साल भन्दा अघि एकदुई पल्ट काठमाडौं आएको थिए । औपचारिम रुपमा बुबाले घर बनाएपछि २०२३ सालतिर म काठमाडौंमा आएको थिए । त्यतिबेला मलाई काठमाडौंमा गएर पत्रकारिता गर्नु भनेर धेरैले भनेका थिए।

त्यो बेला काठमाडौं छिर्दा कस्तो महसुस भएको थियो ?
निकै खुशी लागेको थियो । देशको राजधानी जस्तो ठाउँमा पुगेर आफ्नो करिअर अघि बढाउनु मेरो लागि ठूलो कुरा थियो । काठमाडौंका आएको केही बर्षपछि मैले ‘द राइजीङ नेपाल’मा काम गर्ने अवसर पाएँ । त्यतिबेला म साइकलमा चढेर हिड्थे । नयाँ बजारदेखि ठमेलसम्म्को क्षेत्र अन्धकार थियो । सडकमा पुलहरु थिएनन् । चन्द्र सम्सेरले बनाएका केही काठे पुलहरु थिए । बागमती खोला तर्न तिनै पुल अपनाउँथ्यौं।

त्यतिखेर काठमाडौंवासीको दिनचर्या र जीवनशैली कस्तो थियो ?
निकै भिन्न किसिमको थियो । अर्गानिक थियो । सबै ठाउँ–ठाउँमा खानेपानीा कुवा थिए, ढुंगेधारा थिए, घर–घरमा लालटिन बालिएको हुन्थ्यो । पातलो बस्ती थियो । बाक्लो बस्ती कतै देखिदैन्थ्यो ।

अलि गुजुप्प परेका भवन हेर्न सिंहदरबार क्षेत्रतिर आउनुपथ्यो । टुडिखले नांगो थियो । सबैतिर खेतबारी थियो । अहिलेको राष्ट्रपति निवासलाई तत्कालीन समयमा लक्ष्मी निवास भनिन्थ्यो । घरबाट वरीपरीका डाँडाकाँडा र पहाड देखिन्थ्यो । कान्तिपुर नगरी र पुतलीसडक सबै कच्ची थिए । एकदिन हिड्दै गर्दा साथिले पुतलीसडकको खेतमा उभिएर २५ हजारमा दुई रोपनी जग्गा किन्नुस्  भनेको थियो । तर, मैले त्यो खेत किनिनँ।

करिब ५० बर्षअघि पूरै ग्रामिण क्षेत्र रहेको काठमाडौं कंक्रिटले यतिछिटो भरिनुको कारण के होला ?
विकास आवश्यकता थियो । तर, काठमाडौं सोचेभन्दा छिटो भरियो । सोचेभन्दा धेरै भद्रगोल भयो । बाहिरी नाका सहज भएसँगै उपत्यकामा घर बनाएर बस्ने र जग्गा खरिद गर्नेहरुको चाप बढ्यो ।

राजधानी भएकोले पनि बाहिरी मानिसको आर्कषर्ण बढ्यो । पैसा हुनेले सिमेन्टी घर बनाउन थाले । त्यतिबेला पक्की घर बनाएकालाई पञ्चायतीको घर भन्थे । अहिले भवन भरिएपछि सबैतिर पाइला टेक्ने ठाउँ छैन । आज भन्दा १५ बर्ष अघिसम्म पनि काठमाडौं सहज र अलि खुकूलो थियो । तर, बितेका दश बर्षमा काठमाडौंमा भवन यतिधेरै बने की त्यसको कुनै लेखाजोखा नै छैन।

हामीकहाँ सहरीकरण गर्दैगर्दा कहाँनिर गल्ती भयो ?
मुख्य त सरकारी निकायले काम गर्ने शैली राम्रो भएन । कानुनको फेतलो परिपालना गरियो । यसले पनि ठूलो असर पारेको छ । अर्को कुरा, काठमाडौंमै सबै सुविधा भएपछि पैसा हुनेहरु यतै बसाई सर्न थाले । राम्रो विद्यालय, यातायात, अस्पताल र अन्य सेवा सुविधा भएपछि सबै यहीँ ठाउँलाई नै रोज्न थाले ।

जसले गर्दा सहर अस्तव्यस्त बन्दै गयो । राणा शासन कालदेखि २०५० तिर आउँदा केही सिस्टम बसेको थियो । राजाहरुले पनि केही विकासका कदम चाले । राजा महेन्द्रले पनि सहर बनाउका लागि केही योजना अघि सारेका थिए । तर, त्यसपछि सत्तामा आएकाले सहरको भविष्य हेरेनन् । अलि पढेका बुझेकाले त्यतिबेला देखि नै काठमाडौंलाई रोजे । सबैले काठमाडौंलाई भाडाको घर बनाउन थाले । सरकारले भवन निर्माणमा नियन्त्रण गर्न सकेन।

यस्तै गतिले सहरको भविष्य कता जाला ?
अहिले भइरहेको निर्माणलाई नियन्त्रण नगर्ने हो भने अहिले भएका खाली ठाउँ पनि भरिन्छन् । काठमाडौं कंक्रिटको जंगल बन्छ । उपत्यका विकास प्राधिकरणले सहरमा भइरहेको निर्माण रोक्न सकेको छैन । सरकारले काम गर्ने र विधिको शासन ल्याउने हो भने सहर बन्न सक्छ । तर अझै पनि यसमा कुनै वास्ता नगर्ने हो भने भयाभह हुन सक्छ सहर।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहर एक्लो हुँदै गएको छ । मानिसको भिड छ तर कसैले कसैको वास्ता राख्दैनन् । हिजोको काठमाडौंमा पाइने मौलिकता अहिले हराउँदै गएको छ । एक अर्कालाई वास्तै छैन । सबैले आफ्नो मात्रै हेर्छन । सरकारी नियम पालना गर्नलाई नेपाल त हो चलिहाल्छ भन्ने परम्परा छ । नेपालीले नेपाललाई चिनेका छैनन् ।

सबै भौतिकवादी भए । कसैले पनि अरुको बारेमा सोचेनन् । यस्तो व्यवहार बढ्दै गएकाले सहर रुखो बनेको मान्न सकिन्छ ।विकासको काममा पहिल्यै सचेत अपनाएको भए कस्तो बन्थ्यो हो काठमाडौं ?सहर कलात्कम हुन्थ्यो । कुनै मौलिक रङ भेटिन्थ्यो । नेवार भित्री बस्तीबाहेक अरु सबै लथालिंक भएको छ अहिले । यदी बेलैमा सोचेर विकासका काम गरेको भए यतिधेरै भद्रगोल र असभ्य हुने थिएन काठमाडौं।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
चीन र जापान घुम्न मन छ । त्यहाँका भित्री सहरबारे जान्ने जिज्ञासा छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको हरियाली र  सहरको उचाईमा रहेका वरिपरिका डाडाँहरु मनपर्छ  । डाडाँबाट सहरलाई हेर्दा रमाइदो लाग्छ । सबैतिर समथर देखिन्छ । तर, शहरीकरणमा ध्यान नदिँदा शास लिने ठाउँ छैन ।सहर मौलिक हुन्छ, कला संस्कृति सजिएका हुन्छन्, तर आधुनिकताको नामका सहरको सँस्कृति मासिँदै  छ नि ?मूल रुपले त्यस्तो भएको छैन । रानीपोखरी बाचेकै छ । दरबार बाचेकै छ ।

तीन जिल्लाका दरबार राम्रै छन् । यीनलाई अझ कलात्कम बनाउने र हिजोको सम्पती जोगाउनतिर लाग्नुपर्छ । युनेस्कोले भनेको र मान्यता दिएको कुरालाई हामीले जोगाउनुपर्छ । हाम्रो चिनारी के हो भनेर सबैले चिन्न सक्नुपर्छ । हिजोको संस्कृति भोलीका पुस्तालाई सम्हालेर राख्दिनुपर्छ।

विदेशी मूलुक र हाम्रा देशमा के भिन्नता छ ?
नेपाल यस्तो मुलुक हो, जहाँ विश्वमा नभएका अदित्य कुरा छन । युनिकता छन् । सबौच्च शिखर छ । जहाँ बुद्ध जन्मेका छन् । आत्मबादले संसार हल्लाएको छ । नेपाल आस्थाको केन्द्र हो ।

यहाँ पशुतिाथ छ । यसलाई सबैले मानेका छन् । यो भन्दा महत्व भएको मूलुक अरु हुनै सक्दैन । त्यसकारण पनि हामी अन्य मूलुक भन्दा भिन्न छौं । यसबारे सोच्न जरुरी छ । नेपालको बारेमा बेदमा लेखिएको छ । तर, हामीले यहाँको मूलुकलाई चिनाउन सकेनौं।

कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मत लास भेगासको सहरको कल्पना गर्छु । त्यो सहर सबैतिर उज्यालो । पार्किङ सुविधा छ । त्यहाँको सहर रातमा पनि नसुत्ने रहेछ । विदेशी सहरमा कहि हराइन्न । म्याप हेरेर सहर घुम्न सकिन्छ।

मनपर्ने सहर कुन हो ?
मलाई नेपालका सबै ठाउँहरु सुन्दर लाग्छ । काठमाडौंसँग अलिक नजिक छु।

नेपाल बाहिर कहाँ कहाँ घुम्नुभएको छ ?
जर्मनी, अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड, हङकङलगायत धेरै देशका सहर घुमेको छु।

कस्ता सुविधा रहेछन् त्यहाँ ?
त्यहाँका सहरमा सबै पाइन्छ । अमेरिका गाउँ र सहर छ । युरोपका सहर युनिक छन् । सहरमा आधुनिकता प्रष्ट देखिन्छ । उद्योगहरु पनि व्यवस्थित ढंगले चलेका छन् । त्यहाँ दिन हो कि रात हो भनेर चिन्न गारो हुन्छ।

हाम्रा सहर केमा फरक छन् ?
चिसो हावा, माउन्टेन, साँस्कृतिक सम्पदा लगायतमा हामी फरक छौं । स्वीजरल्याण्ड  र स्कटल्याण्डलाई नेपालसँग दाज्न सकिन्छ । त्यहाँको प्रकृति नेपासँग मिल्दो छ । ती देश निकै सम्पन्न देखिन्छन् । कतै बिग्रिंएको देखिन्नन । स्वीजरल्याण्ड निकै सुन्दर छ।

उपत्यका सफा राख्न के गर्नुपर्ला ?
सहरमा बसेपछि फोहोरमैला हुन्छ । तर, त्यसलाई समस्याको रुपमा लिन भएन । बरु समाधानतर्फ लाग्नुपर्छ । अमेरिकाका सहर आफै सफा भएका हैनन् । बनाएर भएका हुन् । हामीले पनि यस्तै सोच किन नराख्ने ?

राज्य फितलो भएर हो सहर बिग्रिएको ?
त्या पनि हो । तर, हामी जनताले पनि राज्यलाई सहि दिशा निर्देश गर्न सकेका छैनौं । अर्को कुरा, राजा र राणाहरुकै पालामा सहरको भविष्य सोचिएन । विधि र शासन नै राम्रो भएन । भएको कानुनको परिपालना भएन ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: १८ श्रावण २०७५ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App