८ वैशाख २०८१ शनिबार
अन्य

लोकप्रिय साउथ इन्डियन फुड

लक्ष्मण अधिकारी दुध सागरका कर्मचारी हुन् । जमल स्थित रहेको दुधसागर रेस्टुरेन्टमा शुद्ध सहकारी खानाका परिकारहरु पाइन्छ।

अन्य मौसमा भन्दा साउन महिनामा मानिसहरुको बढी घुइचो लाग्ने गर्छ । ‘अन्य समयमा  भिड हुन्छ नै साउन महिनामा बिशेष भिड लाग्ने गर्छ’ अधिकारीले भने । भारतिय ग्राहकहरुको घुइचो संगै स्वदेशी ग्राहकको भिड बढेको अनुभब उनी सुनाउछन् ।  उनी भन्छन्,‘हामीले दुधसागर रेस्टुरेन्टको सुरुवात गर्दा नेपालमा दक्षिण भारतिय फुडको बारेमा कसैलाई जानकारी थिएन्, तर अहिले भने ग्राहकहरु खोजी खोजी खान आउछन् ।’ नेपालमा साउथ इन्डियन फुडको मोह निकै बढेको उनी बताउँछन् ।

दुधसागर रेस्टुरेन्टमा बिदेशीको पनि राम्रो आगमन रहेको उनी बताउँछन् । इन्डिया घुमेर आएका केहि पर्यटकहरु बिशेष गरि साउथ इन्डियन फुड खान आउने उनी बताउछन् ।  ‘इन्डिया घुमेर आएका बिदेशी ग्राहकहरु साउथ इन्डियन फुडको नाम नै लिएर खान आउछन्’ उनले भने । नेपाली र भारतीय परिकारको स्वाद मिल्ने भएकाले डोसा मन पराइएको बताउँछन्, लक्ष्मण अधिकारी । साउथ इन्डियन फुड भन्ने बित्तिकै डोसाको नाम लिने उनी बताउछन् । उनले भने,‘नेपालमा डोसा निकै प्रचलित छ, डोसा नुनिलो, अमिलो र  मसलादार हुने भएकाले बिशेष खाजाको रूपमा खान रुचाइन्छ ।’ बिहानको खानाको रुपमा डोसा खाइने प्रचलन निकै बढेको उनी बताउँछन्।

निसाद परमबिल साउथ इन्डियाका बासिन्दा हुन् । बिगत ३ बर्ष देखि  काठमान्डुमा कर्यरत रहेको निसाद, नेपालमा साउथ इन्डियन फुडको स्वाद लिन पाउदा खुसी लागेको बताउछन् । उनी भन्छन्,‘नेपालमा पनि साउथ इन्डियन फुड यति सहजै उपलब्ध होला भन्ने सोचेको थिएन, घरको खाना मिस हुदैन् ।’ काठ्मान्डुमा रहेको  बिभिन्न रेस्टुरेन्टमा साउथ इन्डियन फुड खान जाने उनी बताउछँन् ।

नेपालका रेस्टुरेन्टहरुमा साउथ इन्डियन फुडमा मसला डोसा धेरै मन पाउने उनी बताउछन् । उनी भन्छन्,‘डोसामा पनि मलाई पनिर डोसा निकै मनपर्छ, पछिल्लो समय काठमाडौंमा साउथ इन्डियन फुडका धेरै खानाका परिकारहरु पाउदा रमाइलो लाग्छ ।’ मुड अनुसारको खाना खान रुचाउने निसादलाई मसलादार र स्वादिलो डोसा खान मन पर्छ ।

वयस्र्टन फुडले बजार कब्जा गरेको समयमा हरेक देशका खानाका परिकार पाइने रेस्टुरेन्टहरुको कुनै कमि छैन् । नेपाली परिकार, भारतिय खानाका परिकार, चाइनिज खानाका परिकार, कोरियन खानाका परिकार संगै  भारतिय खानामा दक्षिण भारतिय खानाको परिकारको माग ह्वात्तै बढेको व्यापारी बताउछन् । राजेन्द्र सिंह रामेश्वर स्विटस् एन्ड स्न्याक्स प्रा.लीका कर्मचारी हुन् । बिगत १९ बर्ष देखि कार्यरत उनी भन्छन्,‘ साउथ इन्डियन फुड स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिन्छ, अन्य खाननाका परिकार भन्दा चिल्लो कम हुने भएकाले यसको माग बढेको छ ।’ साउथ इन्डियन फुडको पारखी हरेक उमेर समुहका रेको उनी बताउछन् । उत्तपम र इटलीलाई बिशेष बिहानको खाजाको रुपमा खाइने उनी बताउछन् । डोसा , वडापाउ, साम्बारलाइ भने दिउसोको खाना कै रुपमा खाइने उनले भने।

साउथ इन्डियन फुडमा पाइने थरीथरीका चटनीले नै स्वादिलो बनाएको बताउछन् राजेन्द्र । नरिवलको चटनी, मौसम अनुसारको सागसब्जीको प्रयोग गरेर तयार गरिएको तरकारी साउथ इन्डियन फुडमा अनिवार्य नै हुन्छ ।  साम्बर, इटली, डोसा, उत्तपम हरेक आइटममा तरकारी अनिवार्य हुने उनी बताउँछन् । तरकारीको ग्रेभी, सुप संगै नरिवलको अचार, टमाटरको अचार पनि नभै नहुने  परिकार हुन्।

नेपालमा साउथ इन्डियन फुडको मोह बढ्नुमा चिल्लो र पिरो कम भएकाले उनी बताउछन् । उनी भन्छन्,‘अन्य खानाका परिकारहरुमा भन्दा साउथ इन्डियन फुडमा चिल्लो, पिरोको प्रयोग कम गरिएको हुन्छ, प्राय स्टिम गरेर बनाइने हुनाले साउथ इन्डियन फुडको माग राम्रो छ ।’ साउथ इन्डियन फुडका भेराटिहरु चामलको पिठोबाट बनाइने हुँदा शरिरलाई आवश्य प्रोटिन पाउन सकिन्ने रामेश्वर स्विटस् एन्ड स्न्याक्स प्रा.लीका कर्मचारी राजेन्द्र सिंह बताउछन् । उनी भन्छन्,‘ चामलको रेटी, दालका परिकार, तरकारी र अचारबाट शरिरलाई चाहिने पौष्टिक तत्वहरु साउथ इन्डियन खानामा पाइन्छ।’

सुरुवातको समयमा साउथ इन्डियन फुडको बारेमा जानकारी नभएको उनी बताउछन् । उनी भन्छन्, ‘सुरुवातको समय देखि अहिले सम्म नेपालीको खानपानको तौर तरिका, शैलीमा धेरै बदलाब आएको छ ।’ रेस्टुरेन्ट, लजमा परिवार, साथीभाइलाई लिएर जाने खानपिन, रमाइलो गर्ने चलन निकै कम रहेको उनी बताउछन् । ‘पारिवारीक जमघट, ग्यादरिङ् गर्ने ट्रेन्ड निकै बढेको छ, नँया खाना रुचाउने, नँया संस्कृतीमा रमाउने प्रचलन बढेको छ ।’  

साउथ इन्डियनका केहि प्रचलित परिकारहरु
डोसा
नेपालमा साउथ इन्डियन फुडको लिस्टमा पहिलो नम्बरमा पर्छ डोसा । डोसालाई हरेक मौसममा खान सकिन्छ । नेपालमा डोसालाई दिउसोको खाजाका रूपमा अत्याधिक रुचाइन्छ । साउथ इन्डियन फुडका पारखीहरुको मनपर्ने परिकार हो । डोसाका बिभिन्न भेराइटिहरु पाइन्छन् ।

प्लेन डोसा, मसला डोसा, पनिर डोसा, स्पेसल डोसा लगायत डोसाका प्रकार खान रुचाउनेको जमात बढ्दो छ । इच्छा, स्वाद अनुसार डोसाका परिकारहरुको माग रहेको रामेश्वर स्विट्स् एन्ड स्न्याकका कर्मचारी राजेन्द्र सिंह बताउछन् । आलु र मसलाको फिलिङ्स गरी बनाइने मसला डोसा हो, पनिर बाट तयार गरिएको  पनिर डोसा हो ।सामान्यतया डोसाको मुल्य २ सय बिस रुपैयाबाट सुरु हुने राजेन्द्र सिंह बताउँछन बताउछन् ।
इड्ली
इड्लीलाई मुख्य त बिहानको नास्ताको रुपमा खान रुचाइन्छ । चामलको पिठोबाट तयार गरिने इटिली स्टिम गरेर बनाइएको हुन्छ । स्वस्थ्यको हिसाबले इड्लीलाई निकै राम्रो मानिन्छ । मौसमी तरकारी, नरिवलको चट्नी सहित हुनाले नेपालमा इड्लीको माग राम्रो रहेको रामेश्वर स्विट्स् एन्ड स्न्याकका कर्मचारी राजेन्द्र सिंह बताउछन्।

साम्बर
साम्बर मास, अडहर, मुम स्वाद अनुसारको दालबाट तयार पारिने साउथ इन्डियन फुड हो । मौसम अनुसारका तरकारीमा गुड र अमिलोको स्वादमा खान सकिन्छ । 

समग्र स्वाद अनुसारको दालको परिकार हो साम्बर । सुगरको बिरामीहरुले बिशेष खाने साउथ इन्डियन फुडको परिकार मध्य एको साम्बर । चिल्लो, पिरोको मात्र निकै कम हुन भएकाले साम्बरका पारखीहरु दिनानुदिन बढेको बताउछन् दुधसागरका कर्मचारी लक्षमण अधिकारी।

उत्तपम
साउथ इन्डियन फुडहरु मध्य उत्तपम रुचाउनेको संख्या पनि कम नरहको बताउछन् दुधसागरका कर्मचारी लक्षमण अधिकारी । चामलको पिठोबाट बनाइने उत्तपमलाई खाजाको रुपमा खान सकिन्छ ।

श्वास्थ्यको हिसाबले उत्तपमलाई निकै लाभदायक मानिन्छ । रावा उत्तपम निकै प्रतलित उत्तपम रहेको व्यापारी बताउछन् । रावा उत्तपम निकै पातलो हनाले खादा क्रिष्पी हुनाले रावा उत्तपमका पारखीको संख्या बढेको उनी बताउछन् । रावा उत्तपम सुजीको पिठो बाट तयार गरिन्छ ।

 

प्रकाशित: १८ श्रावण २०७५ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App