मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

शुक्रबार, १८ साउन २०७५, ०७ : १६ नागरिक

काठमाडौं – दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार पत्रकार सम्मेलन गर्दै द्विपक्षीय श्रम सम्झौता गरेर मात्र मलेसियाको रोजगारी सुचारु गर्न माग गरेको हो । मलेसिया जाने कामदारसँग चर्को शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ५ गतेदेखि चार संस्था खारेज गर्दै मलेसिया रोजगारी बन्द गराएको छ ।
नेपाली कामदार जान छाडेपछि यतिखेर मलेसियाको रोजगारदाता समस्यामा परेको उल्लेख गर्दै मलेसिया सरकार कामदारप्रति नरम बन्ने सम्भावना देखिएको सञ्जालको ठहर छ । ‘कामदार रोकिएपछि यतिखेर नेपाली कामदारको माग बढेको छ,’ सञ्जालमा आवद्ध निलाम्बर बडालले भने, ‘नेपाली कामदारको माग बढिरहेकाले यतिखेर मलेसियासँग श्रम सम्झौता गर्ने सही मौका हो । यो मौका सरकारले गुमाउनु हुँदैन।’

सञ्जालमै आवद्ध मञ्जु गुरुङले श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय श्रम संगठन, न्युयोर्क घोषणापत्र लगायतका मूलभूत सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताइन् । सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले मलेसिया र नेपालबीच श्रम सम्झौता गरिएपछि कामदादर जिटुजी या अन्य जुनसुकै मोडलमा पठाउन सकिने बताए ।हालसम्मको तथ्यांक अनुसार मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य रहे पनि श्रम सम्झौता हुन सकेको छैन । श्रम सम्झौता हुन नसक्दा कामदार शोषणमा पर्दै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख युवा मलेसिया गएका छन् । जसमध्ये करिब सात लाख मलेसियाको रोजगारीमा रहिरहेको बताइन्छ ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad