चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

बिहिबार, ०९ असार २०७३, १७ : २५

काठमाडौं– प्राकृतिक प्रकोप चट्याङले पुर्याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक सहभागी रहेका छन् । सम्मेलनमा १३ वटा कार्यपत्र प्रस्तुत गरिने छ।

चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र (लाइटिनिङ एण्ड एट्मोस्फेरिक रिसर्च सेन्टर) नेपालले आयोजना गरेको उक्त सम्मेलनको नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक विपद् न्यूनीकरणबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको छलफलबाट आउने सुझावमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे।

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेले चट्याङलाई समेत विपद् व्यवस्थापनमा समावेश गर्नुपर्ने सुझाव दिँदै यसले पुर्याउने धनजनको क्षतिलाई कम गर्न बिमाको व्यवस्था गरिनुपर्ने बताए।

आयोजक संस्थाका अध्यक्ष श्रीराम शर्माले नेपालको पूर्वी दक्षिण भेग झापा, मोरङ तथा चुरे क्षेत्रमा चट्याङको बढी जोखिम रहेको जानकारी दिँदै भूकम्पपछि पुनःनिर्माण गर्न लागिएका संरचनालाई भूकम्पका साथसाथै चट्याङ प्रतिरोधात्मक पनि बनाइनुपर्ने बताए।

उक्त सम्मेलनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) तथा केप एलेक्ट्रिक नामक संस्थाले सहयोग गरेको बताइएको छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad