८ वैशाख २०८१ शनिबार
अर्थ

थाई लायनको नेपाल उडान सुरु

काठमाडौं - थाइल्यान्डको सस्तोमा उडान गर्ने (बजेट एयरलाइन्स) थाई लायन एयरले काठमाडौं उडान सुरु गरेको छ । यसले बैंककस्थित डन मुएङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि सातामा तीन उडान गर्न थालेको हो।

कम्पनीका अनुसार प्रत्येक साता सोम, बुध र शुक्रबार एक–एक उडान हुनेछन् । बैंककबाट उडेको जहाज तीन घन्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने जहाज एक घन्टापछि ३ बजे बैंककका लागि उड्ने छ।

थाई लायन थाइल्यान्डबाट नेपाल उडान गर्ने दोस्रो वायुसेवा कम्पनी हो । त्यहाँको सरकारी वायुसेवा थाई एयरवेज पाँच दशकदेखि नेपाल आइरहेको छ । थाई लायनले प्रतियात्रु दुईतर्फी करिब २७ हजार रुपैयाँमा प्रवर्द्धनात्मक भाडा दरमा टिकट बेचिरहेको छ । प्रत्येक यात्रुलाई २० किलोसम्मको ब्यागेज निःशुल्क लान दिइएको छ ।सन् २०१३ मा स्थापना भएको थाई लायन एयरले हाल ३२ जहाजबाट दैनिक १२ आन्तरिक, दुई अन्तरक्षेत्रीय र २० अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

 

प्रकाशित: १८ श्रावण २०७५ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App