coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

काठमाडौं – प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको परिसर प्रहरीले जनाएको छ।

‘बुधबार साँझदेखि खटिएको प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान हुँदैछ’, परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले भने।

पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको विषयमा महानगरीय प्रहरी अपराध महाशाखाले पनि अनुसन्धान सुरु गरेको छ। परिसर र महाशाखाबाट करिब सयजना प्रहरी सादा पोसाकमा खटिएका छन्। काठमाडौं परिसरले उपत्यकाभित्र रहेका सानाठूला सबै तहका ‘गुन्डा’ लाई निगरानीमा राखेको छ। सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कंदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन्। त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

पाल संसदीय सुनुवाइ समितिकी सदस्य हुन्। सरकारले बुधबारदेखि संसदीय सुनुवाइ समितिका सबै सदस्यलाई अंगरक्षक उपलब्ध गराएको छ। १५ सदस्यीय समितिका सातजनाले अंगरक्षक लिएका छन् अरुले लिएका छैनन्।

प्रकाशित: १८ श्रावण २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App