coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

निरिक्षण भ्रमणका क्रममा मन्त्री विश्वकर्मा । तस्विर : रासस

काठमाडौं - युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकूद (साग)  लार्इ लक्षित गरी निर्माण भइरहेका संरचनाकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको विहिवार निरीक्षण गर्ने क्रममा मन्त्री विश्वकर्माले १३ औँ साग राष्ट्रको प्रतिष्ठा र गौरवसँंग जोडिएको विषय भएकाले समेत निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको विश्वकर्माले निरिक्षण गरेका थिए। 

निरीक्षणका क्रममा राष्ट्रिय खेलकूद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इञ्जिनियरले कार्य प्रगतिका बारेमा मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए। 

प्रकाशित: १७ श्रावण २०७५ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App