coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

बेइजिङ – चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार गरेको र उनीहरुलाई वशमा पारी शरीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाईएको थियो। तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका हुन्।

बेइजिङस्थित ल्वङस्वाङ मन्दिरमा आवद्ध रहेका भिक्षुद्धारा तथ्यलाई तोडमोड गर्न खोजेकोसमेत आरोप लगाइएको छ। चीनमा 'ह्यास ट्याग मि टू' मुभमेन्टले चर्चा पाइरहेको अवस्थामा यौन दुराचारको अभियोगमा मुछिने स्वेच्याङ पछिल्ला सार्वजनिक व्यक्ति हुन्। उनी चीनको बौद्ध संघका प्रमूखसमेत हुन्। उनी सो पद सम्हाल्ने सवैभन्दा कम उमेरका भिक्षु हुन्। साथै उनी सरकारका राजनीतिक सल्लाहकारका रुपमा पनि परिचित छन्।

प्रतिवेदन अनुसार उनले आनीहरुलाई एसएमएस मार्फत अश्लिल सन्देश पठाएर उनीहरुलाई आफ्नो वशमा पार्ने र यौन संबन्धका लागि उत्प्रेरित गर्ने गरेको आरोप छ। यौनलाई बौद्ध दर्शनको एक अभिन्न पक्ष भएको भन्दै उनले सन्देश पठाउने गरेको उल्लेख छ। बीबीसी

प्रकाशित: १७ श्रावण २०७५ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App