प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद बैठक बहिष्कार

बिहिबार, १७ साउन २०७५, २० : ०१ नागरिक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोलेको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो।

बैठकबाट बाहिरिएपछि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि विषयमा मन्त्रीले सदनमा बोलिसकेपछि सांसदले प्रश्न सोध्न पाउने संसद् नियमावलीमा व्यवस्था छ तर आफूहरुले समय माग्दा पनि सभामुखले समय नदिएको बताए।

उनले भने, “मन्त्रीले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासाका लागि हामी समयको माग गर्दै उभिरह्यौ तर सभामुखले बेवास्ता गरे र सदन चलाउनुभयो, पुनःहामीले नियमावलीको व्यवस्था इंगीत गरेर समय माग गर्यौ, त्यसपछि पनि समय नपाएपछि हामीले विरोधको सांकेतिकरुपमा सदन बहिष्कार गर्नुपर्‍यौ।”

“सत्तापक्षले संविधान कार्यान्वयनमा पनि चासो नलिएको आरोप लगाउँदै प्रमुख सचेतक खाँणले संविधान, ऐन कानून र संसदीय पद्धतिको पालना गर्नुपर्ने दायित्व सबैको भएको धारणा व्यक्त गरे।” काँग्रेसकै नेता डा मीनेन्द्र रिजालले संसद्मा मन्त्रीका वक्तव्यको विषयवस्तुमाथि केन्द्रित रहेर प्रश्न सोध्न पाइने जानकारी दिँदै आज त्यो अधिकार कुण्ठित भएको र दलीय व्यवहार भएको आरोप लगाए। “सरकार यो बाटोमा जान्छ भन्ने हाम्रो आशंकामा उहाँहरुले आज थप प्रमाण पेश गर्नुभएको छ, हामी चाहन्छौँ सत्तापक्ष सुध्रियोस्, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ।”

काँग्रेस नेता डा रिजालले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने संविधानमा स्पष्ट व्यवस्था भएको र आफूहरुले उक्त विषय पटकपटक उठाउँदा पनि सत्तापक्षले ठोस सुनुवाइ नगरेको बताए। उनले भने, “हामीले यो विषय संघ र प्रदेशमा पटकपटक उठायौँ, तर उहाँहरुले त्यसअनुसार कुनै व्यवहार गर्नुभएको छैन, सर्वोच्च अदालतको मुद्दाको प्रतिवादी भएर बस्ने भनेको अदालतमाथि दबाब राख्ने मनशाय हो।”

सत्तापक्षले संविधानका प्रष्ट व्यवस्थामा पनि सुनेको नसुनेको झै गरेको उनको आरोप थियो। प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक बहिष्कार गरे पनि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकलाई निरन्तरता दिएका थिए। रासस 
 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad