coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिगकाे तयारीसँगै मुहार फेर्दै पाेखरा रंगशाला

रंगशालाभित्रको पिच मर्मत गरिदैं । तस्विर : चन्द्रकुमार/नागरिक

पोखरा - पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि मैदानको मर्मत सम्भारको काम सुरु गरिएको छ। कात्तिक ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले क्रिकेट पिच तथा आउट फिल्ड मर्मतसम्भारलाई तीव्रता दिएको हो। 

मर्मतसम्भारले पोखरा रंगशाला भित्रको क्रिकेट मैदानको स्वरुपनै परिवर्तन भएको छ। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० फरम्याटको पोखरा प्रिमियर लिग गर्ने घोषणा काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नै गरिसकेको थियो । 
मैदानको बाउन्ड्री बढाइएको छ । पिच पनि मर्मत गरिएको छ। पिचको पुरानो माटो फालेर नयाँ माटो फिलिङ गरिएको छ। मैदानका चारवटा पिचको मर्मत गरिने प्रालिले जनाएको छ। पिच मर्मत गर्न त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानका क्युरेटरलाई पोखरा झिकाइएको छ भने भारतबाट समेत क्युरेटर झिकाइएकाे छ। 

प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार आउटफिल्डको लेभलिङ गर्न आवश्यक मेसिन पोखरा आउँदै छ। मेसिनले आउटफिल्डको लेभलिङ गरेपछि माटो र बालुवा हाल्दै दुवो रोपिने उनले बताए। 

क्रिकेटकालागि आवश्यक सम्पूर्ण सामग्री ल्याउन झन्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। स्कोर बोर्ड, साइड स्क्रिन, बाउन्ड्री रोप, शौचालय निर्माण, खेलाडी बक्स लगायतका पूर्वाधार मैदानमा तयार गर्नुपर्ने आवश्यकता रहेको छ। 

राष्ट्रिय खेलकुद परिषद्ले पनि पोखरा रंगशालाको क्रिकेट मैदान मर्मतसम्भारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तीन महिनापछि हुने क्रिकेट प्रिमियर लिगले मैदानलाई नयाँ रूप दिने निश्चित छ। 

 

प्रकाशित: १७ श्रावण २०७५ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App