coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुण्डाईको एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं – नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखि देशभर हुण्डाई एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ।

आईतबारसम्म चल्ने अफरमा सवारी साधनको लागि तत्काल फाईनान्स तथा इन्स्योरेन्सको व्यवस्था गरेको कम्पनीले जनाएको छ। गाडी साटफेर गरी नयाँ सवारी साधन किन्दा नगद छुटका साथै २० हजार रुपैयाँ बराबरको लोटरी बोनस, १लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीको भनाई छ।

कम्पनीले सवारी साधनमा ३ बर्षको वारेन्टी र ४ बर्षको निशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराउनेछ। क्याम्पमा टेष्ट ड्रईभ गर्ने भाग्यशाली ४ जनालाई कुलप्याड प्ले सिक्स स्मार्टफोन पनि दिइने कम्पनीले जनाएको छ।   

 

प्रकाशित: १७ श्रावण २०७५ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App