८ वैशाख २०८१ शनिबार
समाज

किसान नेता पन्तको स्मरण

डडेल्धुरा सदरमुकाम बागबजारमा रहेको शहिद भिमदत्त पन्तको शालिकमा माल्यार्पण गरिदैं।

डडेल्धुरा - किसान नेता सहिद भीमदत्त पन्तको ६६ औं स्मृती दिवस विविध कार्यक्रमको आयोजना गरी विहिबार मनाइदैछ। यसै अवसरमा पन्तको जन्मथलो डडेल्धुरामा स्मृती दिवसका अवसरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। भिमदत्त पन्त प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समाजमा स्वतन्त्रता, विकास, शुसासन कायम गर्न पन्तको सिद्धान्त अवलम्बन गर्नु पर्ने बताए।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकराज पन्तले सात दशक पहिले शहिद भिमदत्त पन्तले देखाएको मार्ग दर्शनमा आम नेपालीले हिड्न आवश्यक रहेको बताए।

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका कोखबाट बि.स. १९८३ मंसिर १० गते जन्मेका हुन । उत्तरप्रदेश भारतको सिन्हाई बाट संस्कृत विषयमा हाइस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो ।पन्त सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने महान व्यक्ति पनि थिए।

पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोेही नाम हो । उनले ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो – यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

जनताको हक कायम गर्न किसान आन्दोलन सहित उनले शिक्षाको विकासकालागि समेत अहम भुमिका खेले। उनले अमरगढी नगरपालिका २ बिरखम्बमा बिद्यालय समेत स्थापना गरेका थिए। 

वि.स.२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो । किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएको थियो । 
 

 

प्रकाशित: १७ श्रावण २०७५ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App