coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सगरमाथाकाे ओपिसि सिमेन्ट बिक्रि वितरणमा रोक

बर्दिया - सगरमाथाको ओपिसि सिमेन्ट बिक्रि वितरणमा बर्दियाकाे स्थानीय प्रशासनले रोक लगाएको छ। बजार अनुगमनको क्रममा नमुना परिक्षणपछि सगरमाथाको ओपिसि सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्रि वितरणमा प्रशासनले रोक लगाएको हो।

गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा घोराही सिमेन्ट उद्योग,दाङबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसि सिमेन्टको नमूना, गुणस्तर तथा नाप तौल विभागमा पठाइएको थियो। गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन पत्रबाट प्राप्त भएकाले  बिक्रि वितरणमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले जानकारी दिए। उनले उद्योगलाई कालो बजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्न प्रकृया अघी बढाईएको बताए।

गुणस्तर तथा नाप तौल विभागबाट गुणस्तर एकीन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई बर्दिया प्रशासनले पत्राचार गरिसकेको छ। 

 

प्रकाशित: १७ श्रावण २०७५ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App