coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

जुम्ला- खाद्य संस्थान केन्द्रीय कार्यालयले दुर्गम क्षेत्रमा आउने चामलको मुल्य बृद्धि गरे संगै जापानिज चामल गोदाममै थन्किएको छ।  मुल्य महंगो भएको भन्दै चामल किन्न आएका उपभोक्ता रिक्तो हात फर्कन थालेपछि जापानिज चामल गोदाममै थन्किन थालेको हो।

शाखा कार्यालय जुम्लाका निमित्त प्रमुख पुर्णबहादुर थापाले एक सय क्वीन्टल चाल गोदाममै थन्काएको बताए। उनले भने,‘ जापानिज चामल किन्न आएका उपभोक्ता मुल्य सोधेर फर्कने गरेका छन, मुल्य सुन्ने वित्तिकै उपभोक्ता तर्सने गरेका छन्। केन्द्रिय कार्यालयले जापानिज चामलमा प्रतिकेजी २६ रुपैयाँ मुल्य वृद्धि गरेको हो।

'गत असार महिनामा ३ सय ४० क्वीन्टल जापानिज चामल अञ्चल कार्यालय नेपालगंजले पठाएको थियो', निमित्त प्रमुख थापाले भने,'अहिलेसम्म एक क्वीन्टल विकेको छैन। जुम्लामा विक्रि नहुँदा २ सय ४० क्वीन्टल चामल डोल्पाका डिपोमा पठाएको छौँ।' अहिले जापानिज चामल ६५ रुपैयाँ प्रतिकेजी पर्छ तर यो भन्दा मसिनो राम्रो चामल प्रतिकेजी ६३ रुपैया केजीमा विक्रि भईरहेको छ।

निमित्त प्रमुख थापाले थपे,‘ चामल नविकेर गोदाममा थन्कन थालेपछि प्रतिकेजी ४२ देखि ४३ रुपैयाँ मुल्य समायोजन गर्नको लागि केन्द्रिय कार्यालयमा राय पेश गरिएको छ, एक हप्ता भित्र जापानिज चामलको मुल्य समायोजन हुने आशा गरिएको छ।’ खाद्य संस्थानमा सोना मन्सुली, अरुवा मोटा, मकवानपुर र सोना मन्सुली उसिना चामल भएकोमा जापानिज चामल सस्तो हुनु पर्नेमा सबै प्रकारका चामल भन्दा महंगो भएपछि उपभोक्ताले यो चामल उपयोग गर्दैनन्।

यहाँ थन्किएको चामल डोल्पाको सर्मि,लिकु,काईगाउँ, दुनै शाखामा पठाइएको छ। खच्चरका माध्यमवाट चामल पठाइएकोले डोल्पामा यो चामलको मुल्य झनै बढ्न सक्ने अनुमान गरिएको छ।

जुम्लामा वर्षेनी ८ हजार क्वीन्टल चामलको नियमित कोटा छुटयाईदै आएको छ। खाद्य संस्थान शाखा जुम्लामा अरुवा मोटो २६ क्वीन्टल ४० केजी, मकवानपुर १ क्वीन्टल ९० केजी छ। यो जिल्ला कारागार शाखाका कैदीका लागि हो। सोना मन्सुली चामल ५ सय २९ क्वीन्टल ७० केजी स्टक छ।  एक सय ४० क्वीन्टल १० केजी उसिना सोना मन्सुली चामल मौज्दात छ।  दैनिक ५ देखि १० क्वीन्टल सम्म चामल विक्रि हुन्छ। पहिले ५ केजी चामल पाउनकै लागि नेता, प्रशासकको चाकरी गर्नु पर्थ्यो, अहिले चामल नविकेरै थन्किने अवस्था छ। कर्णाली राजमार्ग सञ्चालन भएसंगै जुम्लामा चामल अभाव भएको छैन।

प्रकाशित: १७ श्रावण २०७५ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App