निर्मला हत्याको अनुसन्धानमा सिअाइबीले दियाे तीव्रता

बिहिबार, १७ साउन २०७५, १३ : २९ नागरिक

भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ।

घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै यहाँ प्रहरीमाथि दैनिक दबाब बढेको छ। बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उपलब्धि प्राप्त नभएको जानकारी दिए। ‘ठूलो संख्यामा प्रहरी परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान हुँदैछ’, उनले भने, ‘तर अहिलेसम्म घटनाबारे केही उपलब्धि भएको छैन।’

त्यसैगरी मृतक बालिकाका आफन्तहरुलाई यहाँका स्थानीय तह र विभिन्न व्यक्तित्वबाट समेत सहयोग रकम प्रदान भइरहेको छ। घटनाबारे संघीय संसद्देखि प्रदेश सभासम्म भत्र्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ। मृतकका आफन्त र स्थानीयवासीले सुरक्षाका लागि चौकी स्थापनाको माग गर्दै भीमदत्तनगरपालिका केन्द्रित आन्दोलनसमेत थालेका थिए।

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा गत शुक्रबार बेपत्ता भएकी थिइन्। उनको शनिबार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो। बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad