८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा एकको मृत्यु, सात घाइते

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए। हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ। रासस

प्रकाशित: १७ श्रावण २०७५ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App