८ वैशाख २०८१ शनिबार
खेल

कराते टोली जापान प्रस्थान

काठमाडौं – इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको थप तयारीका लागि नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ।

अगस्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धाको खेलमा नेपालबाट चारचार महिला र पुरुष खेलाडीले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा पुरुष एकल कातामा परशुराम बास्तोला रहेका छन् भने ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय लामा र ८४ केजीमा दिवस श्रेष्ठले प्रतिस्र्धा गर्नेछन्।

यस्तै महिलामा चञ्चला दनुवारले एकल कातामा सहभागिता जनाउँदा अनु अधिकारीले ५० केजी, सुनीता महर्जनले ६१ केजी र रीता कार्कीले ६८ केजीमाथिका स्पर्धामा सहभागिता जनाउनेछन्।

दीपक श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन्। नेपाली टोली जापान प्रशिक्षणपछि अगस्ट २२ मा इन्डोनेसिया जानेछ। 

भारोत्तोलन​ टोली थाइल्यान्डतर्फ
काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने  १६ सदस्यीय नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ।

प्रतियोगितामा भारोत्तोलनतर्फ  ८ पुरुष र ७ महिला गरी १५ खेलाडीको सहभागिता रहनेछ । टोली प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् । नेपालले पुरुष र महिलामा समान २ गरी ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। 

 पुरुषतर्फ कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ सन्जु चौधरीले ५३ केजी र ७५ केजी तौलसमूहमा तारादेवी पुुुनले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगस्ट १७ तारिखसम्म प्रशिक्षणमा रहनेछ  र १८ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकुदअन्तर्गत  भारोत्तोलनका स्पर्धाहरू अगस्ट २० देखि २७ तारिखसम्म चल्नेछन्  । भारोत्तोलन टोली नेपालगन्जमा ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि शनिबार काठमाडौं फर्किएको थियो।

१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलो पटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन।

प्रकाशित: १७ श्रावण २०७५ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App