काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएकाे कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले पहिलो पटक नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो।
परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। बोर्डका अनुसार ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना विद्यार्थी रहेका छन्।
त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन्। पहिलो पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ।
यसैगरी आंशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएका छन्। उनीहरुको नतिजा भने अंककै आधारमा सार्वजनिक गरिएको छ।
रिजल्ट थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डकाे वेभसाइट http://neb.ntc.net.np का साथै नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताहरुले results (Space) Symbol number टाइप गरी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सक्नेछन्।
प्रकाशित: १७ श्रावण २०७५ ०५:११ बिहीबार